‘बच्चालाई टन्सिल बढ्यो ? एन्टिबायोटिक खुवाउँ ’

 ‘बच्चालाई टन्सिल बढ्यो ? एन्टिबायोटिक खुवाउँ ’
बाथमुटुरोगबाट नेपालमा बर्षेनी १ हजार बालबालिकाको ज्यान जाने गरेको अनुमान छ
काठमाडौँ – बालबालिकाहरुमा टन्सिल बढ्दा त्यसबिरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिको विकल्प नखोज्न चिकित्सकहरुले अभिभावकहरुसंग आग्रह गरेका छन् । उनीहरुले बालबालिकामा देखिने टन्सिलको समयमै उपचार हुन नसके त्यसबाट बाथमुटुरोग निम्तन सक्ने र त्यसको असर मुटुको भल्वमा नै पर्न सक्ने भन्दै एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिएका हुन् ।
नेपालमा ५ देखी १५ बर्ष उमेर समुहका बाथमुटु रोगबाट पिडीत बालबालिकाको संख्या १ लाख भन्दा बढी भएको अनुमान छ । पिडीत बालबालिका संख्या बर्षेनी साढे सात हजारको दरले थपिने गरेका छन् भने एक हजार बढीले ज्यान गुमाउने गरेको अनुमान छ ।
नेपालमा ५ देखी १५ बर्ष उमेर समुहका बाथमुटु रोगबाट पिडीत बालबालिकाको संख्या १ लाख भन्दा बढी भएको अनुमान छ । पिडीत बालबालिका संख्या बर्षेनी साढे सात हजारको दरले थपिने गरेका छन् भने एक हजार बढीले ज्यान गुमाउने गरेको अनुमान छ ।
नेपालमा बाथमुटुरोग रोकथाम तथा नियन्त्रणमा क्रियाशिल रहँदै आएको संस्था नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार करीब ५० प्रतिशत बालबालिकालाई बिनाकुनै प्रारम्भिक लक्षण बाथमुटुरोग लागेको पाइन्छ । यस्ता बालबालिकालाई स्वास्थ्य परीक्षणपछि मात्रै बाथमुटु रोग लागेको पत्ता लाग्ने गरेको छ ।
प्रतिष्ठानका कार्यक्रम निर्देशक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले  टन्सिल हुँदा चलाउनुपर्ने एन्टिबायोटिक औषधि ‘एमोक्सोसिलिन’ नचलाएकै कारण धेरै बालबालिकालाई बाथमुटुको समस्या भएको भन्दै रोकथामका लागि एन्टिबायोटिक विकल्प नभएको बताए । उनले गाँउघरका स्वास्थ्य चौकीमा समेत निशुल्क पाइने ‘एमोक्सोसिलिन’ चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा चलाउनुपर्ने बताए ।
डा. रेग्मीले बाथमुटुले बालबालिकाको भल्वमा असर गरि फेर्नै पर्ने अवस्थामा पुरयाउने भन्दै घाँटी दुख्ने टन्सिल बढ्ने र जोर्नी दुख्ने अवस्थामा पुगेका बालबालिकालाई गम्भिरताका साथ स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिए ।
के हो बाथमुटुरोग ?
डा. रेग्मी भन्छन, ‘ ५ देखी १५ बर्षसम्मकाबाल बालिकामा सुरुमा घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने र निको भएको एक साता दश दिन पछि वा दुई तीन हप्ता पछि पुन जोर्नी दुख्ने, जोर्नी सुन्निने वा ज्वरो आउने समस्या भयो भने त्यो बाथमुटु हुनसक्छ ’ नेपालीहेल्थ उनले भने, ‘ त्यतिवेला बेसारपानी वा सिटामोल खुवाएर निको पार्ने भनियो भने त्यो गलत उपचार हुन्छ ।’डा. रेग्मीले बाथमुटुले थिच्दै गएपछि मुटु हल्लने वा दम बढ्ने जस्ता लक्षण समेत देखा पर्छ ।
कसरी बच्ने ?
डा. रेग्मी भन्छन, ‘बालबालिकाहरुलाई घाँटीको संक्रमण अर्थात घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने , जोर्नी दुख्ने भएमा तुरुन्त स्वास्थ्य सस्था वा अस्पताल लगि चिकित्सकलाई देखाउनुपर्छ । र एन्टिबायोटिक चलाएर टन्सिललाई निन्त्रणमा लिनुपर्छ । कतिपयले चिकित्सकले दिएको पुरा डोज औषधि नखाएको भेटिन्छ , औषधि खाएपछि स्वास्थ्यमा देखिएको सुधारलाई पूर्ण निको भएको मानेर औषधि पुरा डोज नखाँने चलन छ । त्यसो गर्नु हुदैन् । पुरा औषधि खानुपर्छ ।’
त्यसबाहेक बच्चालाई चिसोमा राख्नु हुदैन् । भिडभाडमा पनि राख्नु पनि राम्रो मानिदैन् । कहिलेकाही भिडभाडबाट रोग सल्कन सक्छ । त्यस्तै धूमपान तथा बाताबरणीय प्रदुषणबाट पनि जोगाउनुपर्छ । अझ सबैभन्दा महत्वपूर्ण कुरा यो बालबालिकालाई कुपोषित हुनबाट रोक्नुपर्छ ।
नेपाली हेल्थबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget