स्थानीयकै सहयोगमा कलंकीदेखि नागढुंगा सडक बिस्तार कार्य पुनः शुरु

सरकारले कलंकीदेखि नागढुंगा सडक बिस्तार कार्य पुनः शुरु गरेको छ । आइतवारदेखि शुरु भएको सडक विस्तार अभियान अन्तर्गत ठूलो सङ्ख्यामा प्रहरी उतारेर सरकारले सडक किनारमा मापदण्ड विपरित बनेका घर टहरा भत्काइ सडक फराकिलो बनाउँने कार्यलाई निरन्तरता दिदै आएको छ । काठमाण्डौ सडक विस्तार अभियान अन्तर्गत काठमाडौंको कलंकीदेखि नागढुंगा सम्मको सडक विस्तार कार्य आइतवारदेसख शुरु गरेको हो । उपत्यका सडक बिस्तार बिभाग नगर बिकास र स्थानीय प्रहरी प्रशासनको अगुवाईमा उक्त सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउने काम सुरु गरिएको हो । सडकको दायाँ बायाँ एघार एघार मिटर कायम गरी सडकलाई २४ मिटर फराकिलो बनाउँन लागिएको हो ।


आईतबार सडक बिस्तारका क्रममा केहि ब्यक्तिहरुले संघर्ष समितिको नाममा अवरोध पु¥याउन खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसको लगतै संघर्ष समितिले सडक बिस्तारमा अबरोध नगर्ने बताएपछि पुनः सडक बिस्तार कार्य अगाडि बढाईएको थियो । सोमवार पनि सडक विस्तार जारी रहेको र सोमवार भने त्यस्तो कुनै अबरोध नभएको प्रहरीले जनाएको छ ।सडक बिस्तारमा स्थानीयको बिरोध नभई समर्थन रहेको बताउँदै स्थानीयहरुले सरकारको यो कामलाई आफूहरुले उल्लेखनीय रुपमा लिएको बताए । काठमाण्डौ प्रवेश गर्ने मुल सडकका रुपमा नागढुगा,थानकोट,कलंकी क्षेत्रलाई लिने गरिन्छ । तर सडक मिचेर घरहरु बनाउँदा ती सडकहरु साँघुरो भई ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले सडक विस्तार अभियानलाई तीब्र बनाएको हो ।

News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget