साउदीमा एक नेपालीलाई मृत्युदण्डको सजाय,नेपालीद्वारा नेपालीको हत्या : पीडित परिवारले माफी दिन मानेन

पीडित परिवारलाई ‘ब्लडमनि’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताब अस्वीकार गरेपछि साउदीको अदालतले एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यो फैसलालाई साउदी प्रशासनले जुन सुकै बेला कार्यान्वयन गर्न सक्नेछ ।

लम्खीदेउराली—५, पर्वतका किशन कुश्मेलीलाई हत्या गरेको भन्दै साउदी अदालतले यम्गा–३, पाल्पा घर भई हाल चक्रपथ, खस्यौली बुटबलमा बस्ने दिलबहादुर कामीलाई फागुन चार गते मृत्युदण्डको सजाय दिने फैसला सुनाएको थियो ।



कुश्मेली र कामी साउदीको राजधानी रियादस्थित अलजजिरा सपिङ सेन्टरमा कार्यरत कामदार थिए । कामीको सामान लिएर कुश्मेलीको उनको घर पुगेका थिए । फर्किएर आएपछि मनमुटाव भएको झोंकमा आवेगमा आएर कामीले सेप्टेम्बर २६, २००८ मा कुश्मेलीको हत्या गरेका थिए । कामी ७ बर्षदेखि रियादस्थित अल हायर जेलमा छन् ।

साउदीस्थित नेपाली दूताबासले घटनाको गम्भीरता हेरि पीडक र पीडित पक्षबीच विवाद मिलाएर माफी दिएको पत्र पठाइदिन पहल गर्दै आएको थियो । ‘हामीले दुई पक्षबीच मिलाउन सम्बन्धीत निकायमार्फत् धेरैपटक प्रयास गरिरहेका थियौं तर पीडित पक्ष माफी दिने पक्षमा देखिएन,’ साउदीका लागि कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले कान्तिपुरलाई भने ।

दूताबासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ । ‘पीडित पक्षले माफी नदिए उनलाई दुवै देशको सरकारले चाहेर पनि बचाउन सकिदैन,’ उनले भने, ‘यसअघि एक नेपाली युवतीलाई पनि बचाउन दुवै देशका सरकारले प्रयास गरेको हो । पीडित पक्ष माफी दिने पक्षमा नभएपछि मृत्युदण्डको फैसलालाई कार्यन्वयन गरिएको थियो ।’

मृत्युदण्डको सजाय पाएका कामीले आफुलाई बचाइदिन अपिल गरेका छन् । ‘मबाट ठूलो गल्ती हुन गयो,’ दूताबासका प्रतिनिधिसमक्ष उनले भनेका छन्, ‘मैले पश्चाताप गरिरहेको छु । मलाई माफी दिन पीडित परिवारलाई अनुरोध गर्दछु ।’

‘उसैको कोसेली पुर्‍याउन घर गइदिनुछ । फेरि उसैबाट मारिएको छ,’ पीडित परिवारको भनाई उद्धत गर्दै दूताबासका एक अधिकारीले भने, ‘हामी कसरी माफी दिन सक्छौं ?’
News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget