सरकारले दियो चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो


काठमाडौँ,सरकारले चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो दिएको छ ।


सरकारले बुद्ध जयन्तीका अवसरमा नेपालमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनमा सहभागी हुन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिन पिङलाई निम्तो पठाएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्द पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६०औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ । त्यसमा चीनका राष्ट्रपतिलाई बोलाएका छौं । आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

भारतले नाकाबन्दी लगाउँदा नेपाललाई थुप्रै सहयोग गरेको चीनका राष्ट्रपति सी अहिलेसम्म एकपटक पनि नेपाल आएका छैनन् । अब भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल आउनसक्ने चीनका लागि नेपाली राजदूत महेस मास्केको विश्वास छ ।

पर्यटनमन्त्री पोखरेलका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथै एसियाली राष्ट्रका राष्ट्रप्रमुखलाई निमन्त्रणा गरिएको छ । एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने मन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले नेपालमा बुद्ध जन्मिएको भन्ने सत्यलाई बिर्सिएर अहिले पनि कतिपय देशमा भारतमा जन्मिएको भन्ने भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न पनि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।


News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget