यात्रुको ज्यान बचाउने पाइलटलाई दागवत्ती दिँदै बाबुले भने –बाबु तिमीलाई पोल्यो कि

नेपालगन्ज, फागुन १६ – काष्ठमण्डप एयरको जहाज कालिकोटमा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा ज्यान गुमाउने विमान चालक दिनेश न्यौपानेको आइतबार बाँकेको कम्दिस्थित राप्ती नदीको सिधिनियाघाटमा अन्तिम संस्कार गरिएको छ ।
९ जना यात्रुलाई बचाएर पनि आफू बाँच्न नसकेका दिनेशको शवमा ६२ वर्षे पिता मानदत्तले दागबत्ती दिनुभएको थियो । दिनेशका पिता मानदत्तले चितामा दागबत्ती दिनेक्रममा ‘बाबु तिमीलाई पोल्यो की’ भन्दै पटक–पटक भक्कानिएपछि मलामी सबैका आँखामा आँसु देखिएको थियो । अन्तिम विदाईका क्रममा मलामीहरुले यात्रुलाई बचाउनका लागि आफ्नो ज्यान गुमाउने विमानचालक दिनेश अमर रहनु भन्दै नारा पनि लगाएका थिए । दिनेशको अन्तिम विदाईका लागि परिवारका सदस्य छिमेकीसहित सर्वसाधारणहरु सिधनियाघाटमा पुगेका थिए ।
सरकारी प्रतिनिधि उपस्थित नहुँदा आक्रोश

अरुलाई बचाएर आफ्नो ज्यान गुमाउने दिनेशको अन्तिम संस्कारमा सरकारी प्रतिनिधिको उपस्थिती नभएको भन्दै मलामीहरुले सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । दिनेशलाई साहसको सम्मान गर्दै मरणोपरान्तम राज्यले सम्मान दिनुपर्ने माग मलामीको थियो । पोष्टमार्टमका लागि शनिबार काठमाडौं लगिएको दिनेशको शव आइतबार उहाँको गृहनगर नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाजमा प्राविधिक खरावी आएपछि कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा गत शुक्रबार चालक न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो । बिमानमा रहेका अरु ९ जना यात्रु भने बाँच्न सफल भएका थिए ।gorkhalikhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget