जहाज दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचारका लागि भारतको लखनउ लगियो,

कालिकोटमा हिजो काष्ठमण्डप एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते भएका ९ जना मध्ये दुई जनालाई थप उपचारका लागि भारत लगिएको छ । गम्भीर घाइते मध्ये अर्का एक जनालाई काठमाडौं ल्याइएको छ ।






जुम्ला चन्दननाथ–६ की लक्ष्मी सुनार र पद्मारा–७ का लक्ष्मण खड्कालाई थप उपचारको लागि भारतको लखनउ लगिएको हो । चन्दननाथ–६ कै ३५ वर्षका मेघराज गिरीलाई काठमाडौं ल्याइएको छ ।घाइतेमध्ये अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुमा २५ वर्षकी जगदम्बा खत्री गिरी र उहाँका छोरा अनिल गिरी, चन्दननाथ–७ का ३७ वर्षका गणेश भट्टचन, १६ वर्षकी सोनाली भट्टचन, चन्दननाथ–५ का ३१ वर्षका धनन्जय खत्री र नुवाकोटको थानसिङ–३ का ध्रुवप्रसाद भण्डारी छन् ।

हिजो दिउँसो नेपालगञ्जबाट जुम्लाका लागि उडेको नाइन एन एजेबी कल साइन भएको टुइनअटर विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिल्खायामा दुर्घटना हुँदा चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो ।News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget