सभापतिकाे उम्मेद्वारी कुनै हालतमा फिर्ता लिन्नँ: सुजाता कोइराला

पार्टी सभापतिमा उम्मेद्वारी दिने सुजाता कोइरालाको घोषणा
२०७२ फागुन १५ गते
 काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् । कांग्रेस संस्थापन समूहको टीममा नअटाएपछि गिरिजाप्रसाद कोइरालाकी पुत्री कोइरालाले उम्मेदवारी घोषणा गरेकी हुन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले भनिन्,’ मैले बार्गेनिङ्गको लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होइन । म धेरै अगाडि बढीसकेँ, अब पछि हट्ने सम्भावना छैन ।’

उम्मेद्वारी घोषणाका क्रममा कोइरालाले कार्यवाहक सभापति रामचन्द्र पौडेलमाथि आफूलाई एक्ल्याउन खोजेको आरोप लगाइन् ।

पार्टीभित्र गिरिजाप्रसादको इतिहास समाप्त पार्ने र आफूलाई एक्ल्याउने खेल भइरहेको थाहा पाएर वीपीको विचार बचाउन तथा गिरिजाप्रसादले थालेको सहमति, सहकार्य र एकताको राजनीतिलाई निरन्तरता दिन सभापतिमा उम्मेद्वारी घोषणा गरेको उनले बताइन् ।

कोइरालाले आफूलाई देशभरीका कार्यकर्ताको समर्थन रहेको भन्दै विजयी हुने ठोकुवा गरिन् । उनले भनिन, ‘म देशभरी घुमेकी छु । मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दबाब छ ।’

onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget