पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी र तोडफोड


सुनसरीको धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रोनिक्स तेस्रो बर्षका विद्यार्थीहरुले आइतबार क्याम्पस प्रशासन तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् ।

तालाबन्दीका कराण ७ जना भित्रै थुनिएका छन् । क्याम्पसको नियमित सिलेवल अनुसार परीक्षा आउन लाग्दा शैक्षिक भ्रमणको रुटिन फेर बदल गरिदिएको र सेमेस्टर बित्न लागे पनि प्रयोगात्मक कक्षा सन्चालन नगरेको भन्दै विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरुले क्याम्पस प्रमुख जितेन्द्र चौधरी, इलेक्ट्रोनिक्स विभागका प्रमुख विनयलाल श्रेष्ठ, सहायक क्याम्पस प्रमुख शिखर भट्टराई, शैक्षिक प्रमुख रोहित दंगाललगायतको कार्यकक्ष तोडफोड गरेका छन् । इलेक्ट्रोनिक्स विभागका प्रमुखको कुर्सी क्याम्पसको प्राङ्गणमा ल्याएर टायरसँगै जलाई दिएका छन् । विद्यार्थीको तालाबन्दीपछि शिक्षकहरु बन्दी बनेर बसेका छन् ।

तालाबन्दी गर्नु अघि वार्ता हँुदा विद्यार्थीको मागलाई गम्भीरतापूर्वक नलिएकाले तालाबन्दीमा उत्रनु परेको विद्यार्थी नविन बानियाँले बताए । उनका अनुसार आगामी चैत १७ गते देखि हुने भनेर परीक्षाको रुटिन आइसकेको अवस्थामा १२ अंकको शैक्षिक भ्रमण लैजान क्याम्पस प्रशासनले ढिलाइ गरेपछि तालाबन्दी गरिएको हो ।

क्याम्पसको शैक्षिक प्रमुख रोहित दंगालले सोमबार सबै फ्याकल्टीका प्रमुख र क्याम्पस प्रशासन, व्यबस्थापन र विद्यार्थी बसेर समस्या समाधान गर्ने भन्दा भन्दै विद्यार्थीहरु तोडफोड तालाबन्दीमा उत्रेको बताए ।

radiokantipurdiary
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget