तारा एयरको विमानबारे मनै सिरिङ्ग हूने तथ्यांक सार्वजानीक ! सबै नेपालीले नपढी नहुने कतुर्त

सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जनाको मृत्यु
सन् २०१६ अर्थात् हिजो फागुन १२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाको मृत्यु

यति एयरलाईन्स
सन् २००४ मा लमजुङमा भएको दुर्घटनामा तीन जनाको मृत्यु
सन् २००६ मा जुम्लामा भएको दुर्घटनामा नौ जनाको मृत्यु
२००६ मा लुक्लामा भएको दुर्घटनामा १९ जनाको मृत्यु

घटनाक्रमले नेपालको हवाई दुर्घटनाको इतिहासमा यति र तारा एयरलाईन्सको अत्यन्तै नराम्रो रेकर्ड कायम भएको छ । तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो । त्यस्तै २०६९ सालमा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । सोही कारण यात्रुहरुले सुगम क्षेत्रमा यतिको विकल्प खोजेपछि यति एयरलाईन्सको जहाजमा यात्रा गर्ने यात्रुहरुको संख्या कम हुँदै गएको छ ।
– मदन भण्डारी
काठमाडौं, १२ फागुन । पछिल्लो समय आफूलार्ई नेपालको एकमात्र सुरक्षित एयरलाईन्स कम्पनी भएको दाबी गर्दै आएको यति एयरलाईन्स र त्यसको भगिनी संस्था तारा एयरलाईन्स अत्यन्तै असुरक्षित रहेको घटनाक्रमले पुष्टि गरेको छ ।

समयमा मर्मतसम्भार नगर्ने र कवाडीमा खरिद गरेका दशकौँ पुराना विमानहरु सञ्चालन गर्दै आइरहेको यति र तारा एयरलाईन्सको लापरबाहीको कारण हालसम्म ७६ जना निर्दोष यात्रु तथा चालक दलका सदस्यहरुले अकालमा ज्यान गुमाउनुपरेको तथ्यांकले देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध स्रोतका अनुसार यति एयरलाईन्सले पुराना जहाज र नेपाल एयरलाईन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै यात्रुको जीवनमाथि खेलबाड गर्दै आएको छ । तारा तथा यतिमा सबै विमान पुरानो भएको र पटक–पटक दुर्घटना भएको कारण यात्रुहरुको संख्या घट्दै गएपछि यात्रुहरुको आँखामा छारो हाल्ने उद्देश्यले करिब छ महिनाअगाडि तारा एयरको लागि ७० करोड रुपैयाँमा खरिद गरी भित्र्याएको क्यानडामा निर्मित भाइकिङ डोर्निएर भीएचसी६–४०० सिरिजको अत्याधुनिक दाबी गरिएको विमान समेत सोमबार बिहान दुर्घटनामा परेपछि तारा एयर र यति एयरलाइन्सको उडान सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
सोमबार बिहान पोखरा विमानस्थलबाट जोमसोमको लागि बिहान ०७ः५० बजे उडेको कलसाइन ९एच–एएचएचको तारा एयरको ट्विनअटर विमान उडेको १० मिनेटमै म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट डिकेस नेमकुल र परिचारिका रोमा राउतसहित सबै यात्रुको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउने यात्रुहरुमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, पाकिस्तानी नागरिक रहसिद अहमद, रेवती बराल, विनिता भट्टचन, बालकृष्ण निउरे, मुक्तिनाथ बाँस्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, लेप्साङ लामा, देवीजंग गुरुङ, दीलकुमारी गौचन, मोतीबहादुर केसी, चिनियाँ नागरिक म्याक्सु वाइन्जी र दुई जना शिशु रहेको प्रहरीले जनाएको छ

Rochak Khabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget