चीनले दियो सँधैका लागी तातोपानी नाका बन्द गर्ने संकेत

काठमाण्डौ १८ फागुन – चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ुतातोपानी–खासाु नखोल्ने संकेत गरेको छ । नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक–पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुन सक्ने जनाउ दिएको हो।
भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बस्न लायक नभएको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए ।
अर्याल सरकारले यो नाका सञ्चालनमा ल्याउने व्यवस्था गर्न गठित कार्यदलका संयोजक हुन् ।
ुभूकम्पपछि खासाको भौगर्भिक अवस्था अध्ययन गर्दा मानव बस्न लायक नदेखिएकाले नाका सञ्चालन गर्न कठिनाइ हुने देखिन्छ,ु परराष्ट्र मन्त्रालयलाई केही समयअघि चीनले पठाएको पत्रमा भनिएको छ । अर्यालका अनुसार खासामा भन्सार र अध्यागमन कार्यालय राख्न नसक्ने, यातायात भने सुचारु गर्न सकिने पत्रमा उल्लेख गरेको छ ।
नाकामा भन्सार र अध्यागमन कार्यालय स्थापना नभएपछि यातायात सुचारु भए पनि कुनै अर्थ नरहने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जनाए । ुभन्सार र अध्यागमन कार्यालय नभए न मालसामान आयात–निर्यात गर्न सकिन्छ न मान्छे नै ओहरदोहर,ु ती अधिकारीले भने । ती अधिकारीका अनुसार भन्सार र अध्यागमन कार्यालय खोल्न नसकिने भन्नु नै नाका बन्द गर्नु हो । अर्याल भने चीनले खासा नाका बन्द गरिनसकेको बताउँछन् । उनले दुई मुलुकबीच यसबारे अझै छलफल हुने जानकारी दिए ।
सरकारले भूकम्पपछि अनौपचारिक र औपचारिक रुपमा धेरैपटक नाका सुचारु गर्न चीनलाई आग्रह गर्दै आएको थियो । चीनको पछिल्लो पत्र पाएपछि भने परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी आगामी दिन खासा नाका सञ्चालनमा नआउनेमा विश्वस्त छन् ।
भारतको अघोषित नाकाबन्दीसँगै उत्तरी छिमेकीसँगको सबैभन्दा धेरै व्यापार हुने यो नाका सञ्चालनका लागि सरकारले महत्व दिँदै आएको छ ।
नागरिक दैनिकबाट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget