विश्वभर बम झार्न सक्ने अमेरिकी बमवर्षक - यसले संसारमा जुनसुकै कुनामा सजिलै आक्रमण गर्ने

एजेन्सी: अमेरिकाले पहिलो पटक अत्‍याधुनिक बमवर्षक बी-२१ को तस्बिर सार्वजनिक गरेको छ। यो बमवर्षकले विश्‍वको कुनै पनि ठाउँमा सजिलै बम झार्ने क्षमता राख्दछ ।

यूएस एयरफोर्सले आफ्नो अति नै गोप्य नेक्स्ट जेनेरेशन बी-२१ स्टील्थ बमवर्षकको तस्बिर पहिलो पटक सार्वजनिक गरेको हो।


अमेरिकाको एयरफोर्स विभागले जारी गरेको यो बमवर्षकले शीत युद्धताका बनाइएको बी-५२ वमबर्षकलाई विस्थापन गर्नेछ ।

यसको डिजाइन यसरी बनाइएको छ कि यसले संसारमा जुनसुकै कुनामा सजिलै आक्रमण गर्ने क्षमता राख्दछ ।

यसको निर्माण गर्न एक सय बिलियन अमेरिकी डलर भन्दा बढी खर्च लागेको बताइएको छ। यो बी-२१ कुनै पनि राडारको सम्पर्कभन्दा बाहिर रहने गरि बनाइएको छ।

यो बमवर्षक जिकज्याक आकारमा रहनेछ, जसले यसलाई शत्रुको राडरले समेत सम्पर्क गर्न नसक्ने अनुमान गरिएको छ।

यसअघि यो बमवर्षकलाई लङ्ग रेन्ज स्ट्राइक बमवर्षक (एलआरएस-बी) नामबाट चिनाइएको थियो। तर पछि यसलाई बी-२१ नाम दिइएको छ।

यो बमबर्षक अमेरिकी सेनाले २१ औँ शताब्दीमा बनाएको पहिलो अत्याधुनिक बमबर्षक हुनेछ। तर यो बमबर्षकको सबै गोपनीयता भने सुरक्षित राखिएको छ। यसको सार्वजनिक आउँदो महिना गर्ने तयारी गरेको बताइएको छ।

विज्ञका अनुसार यो युद्धक विमानमा उच्चस्तरीय प्रविधिको पहुँच भने केही कम रहनेछ। यसले बी-५२ को ठाउँमा काम गर्नेछ भने बी-१ बमवर्षकलाई विस्थापित गर्नेछ।

बी-१२ बमवर्षकलाई सन २०४० सम्ममा अमेरिकी एयरफोर्सको स्वामित्वबाट हटाइदिने गरि बी-२१लाई सन् २०२० सम्ममा प्रयोगमा ल्याइने योजना बनाइएको बुझिएको छ।

रिपोर्टका अनुसार अमेरिकी सेनाले यस्तै खालका अन्य एक सय युद्धक विमान खरिद गर्ने सोच बनाएको छ।

अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनले अक्टोबरमा नर्थरोप कम्‍पनीको नयाँ वमवर्षक बनाउने कुरामा सहमति गरेको थियो। यो युद्धक विमानको मुल्‍य ५ सय ११ मिलियन डलर तोकिएको बताइएको छ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget