ज्योतिषकेा सनसनी खूलासा... यस कारण पो भईरहेको रहेछ नेपालको पश्चिम क्षेत्रमा ठूला घटना, खतरा अझै टरेको छैन वर्षैभरि अनिष्टको योग


निकै दःखद् घटनाका साथ २०७२ सालको प्रारम्भ भएको छ । २०७२ साल प्रारम्भ भएको दोस्रो दिन मुलुककै सबैभन्दा वरिष्ठ नेता सूर्यबहादुर थापाको निधन भएको छ । उनको निधन जुन तिथि र नक्षत्रमा भएको छ, त्यसले मुलुकका अन्य नेताहरूको पनि भौतिक क्षति हुने देखाउँछ । यस वर्ष राजाको स्थानमा शनी र मन्त्रीको स्थानमा मंगल बसेकाले यस खालको अपशकुन देखिएको हो ।

संविधानसभाको बैठक बोलाइने, तर कुनै न कुनै नेताको शोक प्रस्ताव पारित गर्दै केही दिनका लागि स्थगित गर्नुपर्ने घटना तीनपटक दोहोरिइसकेको छ । मुलुकका लागि २०७२ साल कस्तो रहनेछ भन्ने कुराको संकेत यसैले गरेको छ । वर्षको प्रारम्भमा नराम्रा घटना भए भने त्यो वर्षभरि नै राम्रो हुँदैन भन्ने मान्यता नेपाली समाजमा रहिआएको छ । व्यवहारमा पनि त्यस्तो देखिएको छ । २०५८ सालको प्रारम्भमै राजपरिवारको हत्या भयो । त्यसपछि त्यो वर्षैभरि अनिष्ट भइरह्यो । तर ज्योतिषीय दृष्टिकोणमा त्यो वर्षभरि नै अनिष्ट हुन्छ भन्ने थिएन । कहिलेकाहीँ ज्योतिषीय दृष्टिकोण नपुगेका घटना पनि हुने गरेका छन् । तर यस वर्ष भने ज्यादै नै नराम्रो छ । पश्चिम पहाडी क्षेत्रमा सुरु भएको महामारी त्यसको संकेत मात्रै हो । अझै ठूल्ठूला महामारी मुलुकको पश्चिम क्षेत्रमा हुने योग देखिन्छ । जाजरकोट र त्यस आसपासमा अहिले देखिएको महामारी वैशाखको अन्तिमसम्ममा नियन्त्रणमा आउँछ, तर जेठ लागेपछि त्यस क्षेत्रमा अग्नि र भूकम्पको भय देखिन्छ । साउन लागेपछि झाडापखाला र भोकमरीले अहिलेको भन्दा पनि विकराल रूप लिने देखिन्छ ।
संविधान बन्छ, तर सुशीलले जस पाउँदैनन्
यो सरकारले संविधान जारी गर्न सक्दैन । प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थिति जेठपछि ज्यादै कमजोर भएर जानेछ । उनको चौतर्फी आलोचनासमेत सुरु हुनेछ । आफू प्रधानमन्त्री हुने सम्भावना नरहेका कारण एमाले अध्यक्ष खड्गप्रसाद ओली सरकार ढाल्नपट्टि लाग्ने छैनन् । आफंै राजनीमा दिएनन् वा आकस्मिक कुनै घटना भएन भने सुशील कोइराला कांग्रेसको १३औं महाधिबेशन सम्पन्न हुँदासम्म प्रधानमन्त्री पदमा बहाल नै रहनेछन् । सुशील कोइराला प्रधानमन्त्री भएको अवस्थामा पार्टीको महाधिवेशन हुँदा शेरबहादुर देउवालाई ठूलै लाभ पुग्नेछ । हुन त देउवाको प्रधानमन्त्री बन्ने योग आगामी जेठको अन्तिम सातादेखि नै देखिन्छ । तर देउवाको सिद्ध दशा साउनदेखि मात्रै सुरु हुने भएका कारण त्यसअघि प्रधानमन्त्री बन्दा अवगाल आइलाग्ने देखिन्छ ।

देउवाले आँटेका सबै काम पुग्छन्
साउनदेखि सिद्धको दशा सुरु हुने र शनी, वृहस्पति र मंगल ग्रहले राम्रो प्रभाव दिन थाल्ने भएकाले केही महिनासम्म देउवाले आँटे ताकेको सबै कुरा पुग्ने देखिन्छ । त्यसअघि भने देउवाको ग्रहदशा पनि खासै उत्तम देखिँदैन । २०७२ सालभित्र बडो सकसका साथ संविधान बन्ने देखिन्छ । शनीको स्थानमा बसेको राजालाई देउवाको ग्रहदशाले जित्ने भएका कारण उनी प्रधानमन्त्री भएको अवस्थामा मात्रै संविधान बन्ने वातावरण सुरु हुने हो । आगामी असोजपछि राजनीतिक सहमतिको वाताबरण बन्दै गएर हिँउदसम्ममा संविधान बन्छ । तर संविधानले ‘फङसन’ भने गर्दैन । संविधान जारी हुनासाथ ठूलो असन्तुष्टि उत्पन्न हुन्छ र त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यो असन्तुष्टिलाई थेग्न नसक्ने देखिन्छ ।
मुलुकको ग्रहस्थिति नै नराम्रा भएका कारण देउवाले पनि जस पाउने अवस्था भने देखिन्न । सुन र कपडामा बाहेक मुलुकको हरेक क्षेत्रमा महँगी बढ्ने भएकाले सरकारको आलोचना हुनेछ । शासक स्वेच्छाचारी र निरंकुश हुने भएकाले दलहरूमा आन्तरिक झगडा पनि बढ्नेछ । कृषि क्षेत्र सामान्य रहनेछ भने विकास निर्माणका काम ठप्प हुनेछन् । घुसखोरी, अराजकता, हत्या, हिंसा, चोरी–डकैतीको प्रबलता देखिन्छ । मुलुकमा धार्मिक कार्यहरू भने भइनै रहनेछन् । प्रधानमन्त्री, संसद्, सभामुख प्रभावहीन हुनेछन्, सेनाको प्रभाव बढेर जानेछ ।


Rochak Khabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget