बेलायतले नेपाललाई अनुदान सहायता स्वरुप २ अर्ब ३० करोड रुपैया प्रदान गर्ने
विकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत बेलायतले नेपाललाई अनुदान सहायता स्वरुप २ अर्ब ३० करोड रुपैया प्रदान गर्ने भएको छ । अनुदान सहायता सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग डीएफआइडीका नेपाल प्रमुख डा. गेल मार्टेजीले एक समारोहबीच हस्ताक्षर गर्नुभयो ।
चार वर्ष सम्म संचालन हुने विकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत सहायताको रकम नीति निर्माण तहमा प्रमाणको प्रयोग गर्ने र संस्कृति प्रवद्र्धन गर्न कार्यमा खर्च गरिने सम्झौतामा उल्लेख छ ।
News24Nepal
Post a Comment