चम्ल्याह शिशुका बाबुआमाको याचना–‘उपचार गर्न खर्च भएन, सहयोग गर्नोस्’

नवलपरासी, फागुन १५ । चम्ल्याह शिशुका अभिभावक गुल्मी, जैसीथोकका जनक कुँवर र गीता कुँवरले शिशुहरुको उपचारमा सहयोगका लागि आग्रह गरेका छन् ।

गत पुस ३० गते जैसीथोककी गीता कुँवरले लुम्बिनी मेडिकल कलेजमा चम्ल्याह शिशुलाई जन्म दिएकी थिइन् ।

दुई छोरा र दुई छोरी जन्मिएपछि खुसी भएका उनीहरु शिशुहरुको स्वास्थ्यमा समस्या देखिएसँगै चिन्तित बनेका छन् । एक छोराको आँखामा गम्भीर समस्या देखिएको उनीहरुले जनाएका छन् ।

चिकित्सकहरुले पनि एक शिशुको आँखाको नानीभित्र पिप जमेको बताएका छन् ।

कुँवर दम्पतीले शनिबार सन्चारकर्मीहरुलाई अस्पतालमा बोलाएर आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको आग्रह गरेका हुन् ।

९८४७८९८४१४ मोबाइल नम्बरमा सम्पर्क गरेर सहयोग रकम जुटाइदिन उनीहरुले आग्रह गरेका छन् ।

यसअघि, २०७० सालमा पनि कुँवर दम्पतीका जुम्ल्या सन्तान भएका थिए । तर, उनीहरुको केही दिनमै मृत्यु भएको थियो  
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget