अस्पतालको आँगन शोकमा डुब्यो

शिक्षण अस्पतालको प्राडगनमा शनिवार दिउँसो निकै भिड थियो । त्यही भिडमा एक महिलालाई अन्य महिलाले समातिरहेका थिए ।

एम्बुलेन्स आइपुग्यो । एम्बुलेन्स रोकिन नपाउँदै आँखाभरी आँसु पारेकी ति महिला झम्टिनै पुगिन र एम्बुलेन्सभित्र छिरिन । एम्ब्लेन्समा छिरे लगतै ठुलो स्वरमा दर्दनाक आवाज निकालेर रुन थालिन । उनको दर्दनाक आवाज सुनेर सवैका आँखामा भारी बर्षा भयो । दर्दनाक आवाज निकाल्दै रुने ति महिला एक्कासी ढलिन र त्यही बेहोस भइन ।

यसरी एम्बुलेन्समै बेहोस हुने महिला हुन् कालिकोट विमान दुर्घटनामा निधन भएका को पाइलट सन्तोष रानाकी आमा यमकुमारी । एम्बुलेन्सभित्रै छिरेर छोराको शव झम्टेर आमा यमकुमारी डाँको छोडेर रुँदा त्यहाँको माहोल एकाएक शोकमा डुबेको थियो । केहीबेरमै आमा यमकुमारी छोराको शवको आडैमा अचेत भएर ढलेकी थिइन ।

छोरा गुमाएको पीडामाथि पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानालाई पत्नी अचेत भएपछि थप भार थपियो । उनका पनि आफ्नै खुट्टामा उभिने ताकत थिएन । त्यहाँ जुटेका अफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए।शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था पनि उतिकै भावविव्ह्ल थियो। न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget