नरेन्द्र मोदीपछि दिल्लीका अर्का चर्चित नेतालाई आयो मार्ने धम्की: एक सन्सनी पुर्ण खुलाशा

काठमाडौं, १५ फागुन । भारतमा असहिष्णूतालाई प्रसय दिएको भन्दै इश्लामिक स्टेटसहितका आतंकवादी संगठनहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिइरहेका बेला शुक्रबार एक जना अर्का नेतालाई पनि धम्की आएको छ ।
छोटो समयमै लोकप्रिय बनेका दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएको छ । उनलाई शुक्रबार दिउँसो एक अज्ञात इमेलबाट ज्यान मार्ने धक्की आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार इमेलबाट केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि प्रहरी अनुसन्धान टोलीले अनुसन्धान तीब्र पारेको छ । दिल्ली सरकारको गृह विभागले मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की दिनेलाई तत्काल कारबाही गर्न दिल्ली पुलिसलाई निर्देशन दिएको छ । प्राप्त जानकारी अनुसार ज्यान मार्ने धम्कीसहितको ईमेल पठाउने व्यक्तिले मुख्यमंत्रीमाथि आक्रमण गर्न हतियारसमेत जुटाइरहेको उल्लेख छ ।
मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि उनको सुरक्षाका लािग प्रहरी तथा सरकारले दुवैले सुरक्षा सतर्कता बढाएका छन् । मुख्यमंत्री केजरीवालको सुरक्षाका लागि जेड प्लस सेक्युरिटी प्रदान गरिएको छ ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget