यो कारणले हुन्छ पोलेको मासु स्वास्थ्यका लागि हानिकारक : चिकित्सक

चितवन, । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताउनुभयो ।



उहाँका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताउनुभयो । सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उहाँको भनाइ छ ।

युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ । पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभयो । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उहाँको सुझाव छ ।

उहाँका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवद्र्धक हुने गर्छ ।



यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन् । तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ ।

पेटको क्यान्सरका बिरामी एक सय ६१ जनाले उपचार गराएकामा महिला ६२ जना मात्रै छन् भने पुरुषको सङ्ख्या ९९ छ । यो तथ्याङ्कले खानपिनका कारण पेटको क्यान्सर बढी हुने गरेको देखाउँछ ।
onlinedailypost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget