धरान, फागुन १५ । भुटानको सीएफसी क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै लक्ष्मी हुन्डाइ मनाङ–मर्स्याङ्दी क्लब १८औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको उद्घाटन खेलमा मनाङले सीएफसी क्लब भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
मनाङको जितमा अनिल गुरुङ र हाफिज ओलावालेले ह्याट्रिक गरे भने विशाल राई र तेज तामाङले एक–एक गोल थपे ।
प्रतियोगिताअन्तर्गत् आइतबार आयोजक धरान फुटबल क्लब र रुपन्देही–११ भिड्नेछन् ।
imagekhabar
Post a Comment