‘१० हजार मात्र होइन २० हजार मेघावाट बिजुली निकाल्न पनि सम्भव छ’

डाक्टर महाबिर पुनको नेपाल सरकारलाई खुल्मखुला चुनौतीः के नेपाल सरकार र राजनैतिक दलमा हिम्मत छ ?
– महाबिर पुन
१० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ । त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ । ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ । १० बर्ष भित्रमा नेपालमा एउटा Silicon Valley बनाउन पक्कै सकिन्छ, १५ बर्ष भित्रमा नेपालमा लाखौँ साना उद्ध्यमीहरु उत्पादन गर्न पक्कै सकिन्छ । २० बर्ष भित्रमा अधिकांश नेपालीहरु ले नेपालमा नै जागीर खान पाउने बातावरण बनाउन पक्कै सकिन्छ, अनि ३० बर्ष भित्रमा नेपालीहरु बाट नै बिज्ञान तथा प्रविधिको बिकास गरि नेपाल लाई एउटा बिकसित देश पक्कै बनाउन सकिन्छ । यी कामहरुको लागि म ग्यारेन्टी दिन्छु र यी कुराहरु गर्न कसरी सम्भव छ भनेर बादबिबाद गर्न पनि तयार छु ।
यो गफ होइन दाजुभाई दिदीबहिनीहरु साहस नहुनेहरु, जाँगर नहुनेहरु, मनमा पाप भएका हरु र भ्रष्टचारीहरुले मात्र भन्ने कुरा हो – “के यसो गर्न सम्भव होला र ?” अथवा “कहाँ सकिन्छ यसो गर्न?” भनेर भन्ने ।
तर मौजुदा कमिसनखोर तर प्रभावशाली राजनैतिक नेताहरु र चाकडीबाज कर्मचारीतन्त्र तथा पैसाको लागि जे पनि गर्ने माफियाहरुको बाहुल्य भएको अबस्थामा त्यो काम गर्न पक्कै गाह्रो छ । सबै समस्याको मूल जरो नेताहरु भ्रष्ट भएर नै हो । राजनैतिक नेताहरु राष्ट्रप्रेमी, ईमान्दार र पैसाको लालची नहुने हो भने भ्रष्ट कर्मचारीहरु, लालची ब्यापारीहरु र कपटी उद्ध्योगपतिहरु को केहि जोर चल्दैन ।
एउटा सानो उदाहरणको लागि दिल्लीको आम आदमी पार्टी लाई लिउं । त्यहाँका कर्मचारीहरु र ब्यापारीहरु त अहिले पनि उही नै हुन् । तर त्यहाँ नेतृत्व बदलिएको छ र मौजुदा नेताहरुले सके सम्म भ्रष्टचारी कर्मचारीहरु, व्यापारीहरु र उद्ध्योगपतिहरुलाई टाउको उठाउन नदिने प्रयास गरिरहेका छन् । उनीहरुलाई काम गर्न सजिलो छैन तर कम से कम न्वारन देखिको बल लगाएर काम त गरि रहेका छन् । मैले आम आदमी पार्टीको उदाहरण दिएको मात्र हो र त्यसको प्रचार गरेको होइन । त्यस्ता अन्य उदाहरणहरु धेरै पाउन सकिन्छ संसारमा ।
दुखको कुरा के छ भने अहिले सम्म नेपालमा भ्रष्टाचार र घुसखोरीलाई हटाउन साहस गर्ने वा निर्मुल पार्न कोसिस गर्ने कुनै पनि राजनैतिक पार्टी र नेताहरु निस्कन सकेका छैनन्।
सत्य कुराहरुलाई लामो समयसम्म लुकाउन र छिपाउन सकिन्न । यो पोष्टको बारेमा कमेन्ट गर्नु आबश्यक छैन र तर्क बितर्क गरेर समयखेर फाल्न पनि राम्रो हुँदैन । मन पर्यो भने लाइकसम्म गर्नु होला । मन नपरे पनि ठिकैछ किन भने संसारमा सबै मानिसको सोचाइ एकै हुँदैन ।
(पुन एसियाको नोबल पुरस्कार रुपमा परिचित रोमन म्याग्सेसे पुरस्कार बिजेता एवं सामाजिक अभियन्ता हुन् ।)
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget