कमल थापाको गुनासोः हिन्दु राष्ट्र चाहिन्छ भन्ने, भोट चाहिँ गाईलाई नहाल्ने ?

१५ फागुन, इटहरी । हिन्दुत्व जागरण अभियानमा सहभागी हुन इटहरी पुगेका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र चाहिन्छ भन्ने तर, गाईलाई भोट नहालेको भन्दै गुनासो गरेका छन् ।

‘सनातन धर्मको रक्षा, आजको राष्ट्रिय आवश्यकता’ भन्ने नाराका साथ धनगढीबाट सुरु भएको अभियानका क्रममा इटहरीमा सभा भएको थियो ।

सभामा श्रीनिवास आचार्यले राप्रपा नेपालले हिन्दु राष्ट्रको एजेण्डा छाडेको हो कि जस्तो लागेको बताए । साथै उनले अब पछि बहुमत ल्याएर कि अहिले नै संविधान संशोधन गरेर हिन्दु राष्ट्र बनाउन भन्दै प्रश्न गरे ।

सभालाई सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले त्यसको जवाफ दिएका छन् । थापाले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दा सभामा सहभागीहरुले ताली बजाए ।

तर, उनले रोक्दै भने, हिन्दु राष्ट्र चाहिन्छ भन्दा थपडि बजाउनुहुन्छ । गाईलाई भोट भने हाल्नुहुन्न । हामीलाई २५ सिट मात्र दिनु भो । ६०१ का अगाडि केही गार्न सकिएन ।’

एक लाख मान्छे काठमाडौंमा उतारौं, हिन्दु राष्ट्र आउँछ भन्दा आफूलाई साथ नदिएको ५ हजार पनि उतार्न नसकेको उनले बताए । उनले भने, ५ लाख मान्छे काठमाडौंमा उतारौं, तत्काल हिन्दुराष्ट्र स्थापना हुन्छ, सक्नुहुन्छ ?’

राप्रपा नेपालका अध्यक्ष थापाले अबको दुई वर्षपछि चुनाव हुने र आफ्नो पार्टीलाई भोट दिए हिन्दुराष्ट्र स्थापना हुने दाबी गरे ।

थापाले चोकमा सभा गरिरहँदा नयाँ शक्तिका नेता एर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने नजिकै इटहरी एफएमको कार्यालय पत्रकार सम्मेलन गरेका थिए ।

उनले ‘बगेको खोला फर्कँदैन’ भन्दै हिन्दु राष्ट्र नहुने दाबी गरे । आफूहरुले सबै धर्मलाई सम्मान गर, धर्मका नाममा राजनीति गर्नु जनताको भावनामाथिको खेलबाड हुने उनले बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget