(अपडेट) किन हरायो तारा एयरको बिमान ? के छ रहस्य ? विश्कै सबैभन्दा असुरक्षित सूचीमा

१२ फागुन, काठमाडौं ।

आज (बुधबार) विहान विमान पौने आठ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको नाइन एनएचएच ट्वीनअटर सम्पर्कविहिन विमान म्याग्दीको रुप्सेमा दुर्घट्ना हुन पुगेको बताइएको छ ।

खराब मौसमका कारण विमान दुर्घट्ना भएको भएको बताइएपनि वास्तविक कारण खुल्न सकेको छैन ।कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले दिएको जानकारी अनुसार रुप्सेमा विमान दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको छ ।

असुरक्षित सूचीमा थियो तारा एयर



गत वर्ष एयरलाइन रेटिङ्स् डटकमले नेपालका दुई विमान सेवालाई सबैभन्दा असुरक्षित विमान सेवामा राखेको थियो । त्यसमा तारा एयर पनि एक थियो । तारा एयर नेपाल बायु सेवा निगमसँगै विश्वका सबैभन्दा असुरक्षित एयरलाइन्समा परेको थियो ।


चारसय ४९ वटा एयरलाइन्सहरुमा गरेको सर्भे अनुसार नेपालका दुई एयरलाइन्स सबैभन्दा असुरक्षित एयरलाइन्स मानिएका थिए ।
सो वेबसाइटले एयरलाइन्सको चालक दलका सदस्य र यात्रुहरुको मृत्युलाई आधार मानेर रेटिङ गर्ने गरेको जनाएको छ । जसमा चालक दल र यात्रुको कुनै पनि एयरलाइन्स चढेर ज्यान गएमा सो कम्पनीको रेटिङ १० वर्षसम्‍म घट्ने गर्छ।

nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget