(अपडेट) फेरी भेटौला भने लगतै सम्पर्कबिहीन भए पाइलट रोशन मानन्धर



पोखरबाट जोमसोमको लागि उडेको कल साइन ढल्(ब्ज्ज् भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलट रोशन मानन्धरले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा भने फेरि भेटौंला, गुड डे भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।


पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।

त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।

पोखरबाट जोमसोमको लागि उडेको कल साइन ढल्(ब्ज्ज् भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो।

पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र १८ जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका समेत रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् ।

रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को(पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।

पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।

म्याग्दीस्थित कान्तिपुर संवाददाता घनश्याम खड्काका अनुसार म्याग्दी र मुस्ताङको सीमा क्षेत्रका स्थानीयले आगो लगोको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।
ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।
 News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget