बलिउड अभिनेता सञ्जय दत्ता आज रिहा हुँदै

पुणे, १३ फागुन । बलिउड अभिनेता सञ्जय दत्त आज (बिहीबार) महाराष्ट्रको यरवदा जेलबाट रिहा हुँदैछन् । भारतीय समयअनुसार सञ्जय दत्त बिहान साढे दस बजे रिहा हुने तयारी गरिएको छ ।
संजय दत्त १२ मार्च, १९९३ को श्रृंखलाबद्ध मुम्बई विस्फोटको विषयमा अवैध हतियार राखेको अपराधमा पाँच वर्षको बचेको कैद सजाय भोग्न जेल गएका थिए । जेलमा राम्रो व्यवहार गरेवफत सञ्जयलाई रिहा हुने समय अगाडि नै छाडिएको हो ।
संजय दत्तलाई मे, २०१३ मा ३ सालका लागि जेल पठाइएको थियो । किन कि उनले ढेड साल हिरासतमा बिताइ सकेका थिए ।
संजय दत्तले राम्रो व्यवहार गरेका कारण ८ महिनाको सजाय कम गरिएको समाचारमा उल्लेख छ । सञ्जय दत्तले जेलमा छ वर्षमा ४ वर्ष ३ महिना १४ दिन मात्रै जेलमा सजाय काटेका छन् ।
संजय दत्त जेलमा सबै औपचारिकता पूरा गरेपछि बिहान १०ः३० बजे रिहा हुने जनाइएको छ । जेलबाट निस्किएपछि सञ्जय दत्त चार्टर्ड फ्लाइटबाट मुम्बई जाने छन् ।
सञ्जय दत्तको स्वागतका लागि उनी पत्नी मान्यता, छोराछोरी र परिवारका अन्य सदस्यहरूले जेलको बाहिर स्वागत गर्ने जनाइएको छ । एजेन्सी
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget