महाबिर पुन भन्छन्- मैले दिएका अत्याधुनिक उपकरण उपयोग नगर्दा विमान दुर्घटना


१३ फागुन, काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरेर रोमन म्यागासेसे जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित महाबीर पुनले आफूले दिएका प्रविधिहरुलाई विमानस्थलका कर्मचारीहरुले सदुपयोग नगर्दा विमान दुर्घटना भएको दाबी गरेका छन् ।
बुधबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीमा दुर्घटना हुँदा २३
जनाको मृत्यु भएको थियो । दुर्घटनाको खबर पाएपछि पुनले पोखरा र जोमसोम हवाइ टावरका कर्मचारीहरुको लापरवाही र निष्कृयताको उदाहरण आफ्नो फेसबुक पेजमार्फत् सार्बजनिक गरेका छन् ।
आफूहरुले हवाइ उडानका लागि सहज होस् भनेर वेदर स्टेशन र आईपी क्यामराहरु जडान गरेर कर्मचारीहरुलाई प्रयोग गर्नसमेत सिकाएको तर, त्यसलाई उपयोग नगरिएको पुनको आरोप छ ।
‘हामीले नेपाल वायरलेसमार्फत् सन् २०१० मा मुस्ताङको लेते नजिकैको लार्क्यु डाँडा र म्याग्दीको खोप्रा डाँडामा वैशाली भन्ने विश्व प्रख्यात वेदर स्टेशन र आईपी क्यामराहरु हवाइजहाजहरुको लागि मद्दत होस् भनेर जडान गरेका थियौं,’ पुनले लेखेका छन्, ‘ति उपकरणहरुबाट इन्टरनेटमार्फत् फ्लाइटरुटको रियल टाइम भिडियो र वेदर इन्फरमेसन लिन सकिन्थ्यो । त्यसको लागि एआइटी ब्यांकक र एक्यापबाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन । ति उपकरणहरु चलाउनुस् भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएको पनि थियो । तर त्यसको उपयोग गरेनन् ।’
ति उपकरणहरु उपयोग गरेबाफत कुनै शुल्क आफूहरुले नलिएको र विमानस्थलका कर्मचारीहरुले नियमित मर्मत सम्भार नगर्दा ति महत्वपूर्ण उपकरणहरुले काम गर्न छाडेको पुनको भनाइ छ ।
अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुईवटा आईपी क्यामराहरु छन् र एउटा वेदर स्टेशन छ । ति पनि हवाइ जहाजहरुकै लागि राखिएको भन्दै पुनले त्यसको पनि उपयोग नभएको आशंका गरेका छन् ।
‘मैले पोखरा विमानस्थलमा गएर ति क्यामेराहरुको आईपी एड्रेस र वेदर स्टेशनको लिंक पनि दिएकै हो । तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन,’ पुनले लेखेका छन्, ‘मैले त्यो सुबिधा फ्रीमा उपलब्ध गराएको हो ।’
प्रयोगमा नल्याइएको क्यामराको आईपी एड्रेस, युजर नेम र पासवर्डसमेत पुनले फेसबुक मार्फत् सार्बजनिक गरेका छन् ।
onlinekhabar-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget