साप्ताहिक राशिफल [फागुन ०९ गते आइतवारदेखि फागुन १५ गते शनिवारसम्म]

मेष राशि 
कला र साहित्य क्षेत्र प्रति रुची हुनेछ । थोरै भएपनि सोचेका काम पुरा हुनेछन् । आपसी असमझदारी समझदारीमा परिणत हुनेछन् । विचार र व्यवहारमा एकरुपताद्वारा अरुको मन जित्न सफल भइने छ । कर्मक्षेत्र मर्यादित हुनेछ । तपार्इंको विचार संग सहमत हुनेहरुको ठुलो जमात बन्नेछ । राजनीति र खासगरी बैदेशिक सम्बन्धी काम सफल हुनेछ । आर्थिक र सामाजिक कामले पूर्णता पाउने छ । भोलिको लागि नयाँ योजना आदि बन्ने छन् । साताको सुरुमा यात्रा आदिको योग छ । बैदेसिक कामको लागि पनि राम्रो वातावरण बन्नेछ । परिवारमा समझदारी बनेसँगै प्रगतिका नयाँ बाटाहरु खुल्ने छन् । विवादित विषयमा भने भरसक सरिक नभएकै बेश हुनेछ । कार्यक्षेत्र विवादित रहने देखिएको छ । साताको मध्यतिर केही रोचक घटनाको साक्षी बनिने छ । साताको अन्त्य तिर अचानक धन प्राप्ती हुने योग छ । गुमेको बहुमुल्य बस्तु हात लाग्ने छ । स्वास्थ्यमा प्रगति हुनेछ । मित्रता अरु प्रगाढ हुँदै जाने देखिएको छ । समग्रमा यो साता प्रगतियुक्त नै रहने देखिएको छ । साताको ०९, ११, १४ र १५ गते शुभ रहेका छन् । राशि स्वामी – मंगल, राशि रत्न –मुँगा, शुभ दिशा – पूर्व,  शुभ रंग – रातो ।

वृष राशि 
तपार्इंको यो साता धेरै कुराको लागि उपयुक्त रहने छ । कला र साहित्य क्षेत्र प्रगति दिनेवाला छ । आफ्ना कमि कमजोरीका बाबजुद पनि मित्रको साथ बनिरहने छ । मितेरी सम्बन्ध अरु प्रगाढ हुने देखिएको छ । आफ्ना व्यक्तिगत आकांक्षा पुरा हुनेछन् । सामाजिक कमाको लागि भने यो साता केही कमजोर रहेकोछ । भोलिको लागि सोच राखेर गरिने काम बन्ने छन् । साताको सुरुमा अनेक बाधा ब्यवधानको सामना गर्नुपर्ने हुनेछ । सहि विचार र व्यवहारले अग्रणी बनाउन मद्दत गर्नेछ । स्वास्थ्य भने प्रतिकुल रहने देखिएको छ । आफूलाई आनन्दित लाग्ने कुरा भोग्न पाइने छैन । तर साताको मध्यबाट धेरै कुरा सकारात्मक भएर आउने छन् । सिमित कामनाको लागि गरिने प्रयासले पनि अधिक लाभ गर्नेछ । सिमित स्रोत साधनको प्रयोगको पश्चात पनि प्रगतिका अपार सम्भावना सम्भव रहने छन् । साताको अन्त्य केही निरासाजनक रहेपनि मित्रको साथले काम गर्न गार्हो भने हुने छैन । कार्य क्षेत्र केही उतारचढावयुक्त नै रहने छ । समग्रमा साताको ०९, १०, १३ र १४ गते विशेष रहने देखिएको छ । राशी स्वामी – शुक्र,  राशी रत्न – हिरा, शुभ दिशा – दक्षिण,  शुभ रंग – सेतो ।

मिथुन राशि 
साताभर भागदौड बनिरहने छ । सरकारी काममा ढिला सुस्ती बन्ने छ । इच्छाएको व्यक्तिबाट असहयोग रहला । नकारात्मक सोच रहने छ । नाता गोताको सम्बन्धमा नकारात्मक असर देखिने छ । माया पिरतीमा असफल भइएला । बोलिको कारण विवादमा पर्दा बनिसकेको काममा पनि बिग्रने भय बनिरहने छ । साताको सुरुमा प्रसासनिक काम बने पनि दिगो हुनेछन् । ब्यापार घाटामा जाला । सामाजिक काममा लगानी ब्यर्थ जाने छ । पढाई लेखाइ प्रति अरुचि बन्ने छ । श्रमको उचित प्रतिफल नपाउदा काम गर्ने जागर मरेर आउने छ। साताको मध्यतिर नसोचेको काम बन्ने देखिएको छ । आर्थिक कामको लागि पनि उपयोगी हुनेछ । मातृ भूमिको लागि केही गर्ने सोच बन्ने छ । लामो समयबाट रोक्किएका काम बन्ने छन् । तर साताको अन्त्य कमजोर फलि रहला । कृषि पेशामा घाटा होला । सामाजिक रुपमा तल परिएला । बोलीको कारण विवादमा परिने भय बनिरहने छ । कार्य क्षेत्रमा पनि विवाद आइ लाग्लान । समग्रमा साता केही कमजोर रहने देखिएको छ । साताको ०९, ११, र १३ गते शुभ  कामको लागि उत्तम रहने छ । राशि स्वामी – बुध,  शुभ रत्न – पन्ना,  शुभ रंग – हरियो,  शुभ दिशा – पश्चिम ।

कर्कट राशि 
चन्द्रमाको कमजोर प्रभावले गर्दा साताको शुभारम्भ केही कमजोर रहला । मानसिक चिन्ताले स्थान पाउने छ ।  लामो दुरीको यात्रा भएपनि यात्रा कस्टकर बन्ने छ । नसोचेको क्षेत्रमा खर्च हुने देखिएको छ । बोलीको कारण विवादमा परिने भय पनि बनिरहने छ । तर  साताको मध्यबाट कामहरु बन्ने छन् । गुमेको  धन पाइने छ, साथै नयाँ कामको थालनी हुनेछ । बोली र व्यवहारमा सम नहुँदा अरुको आलोचना खानु पर्ने हुन सक्ने छ । यो साता व्यक्तिगत कार्य सिद्धिको लागि भने उपयुक्त रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउने छ । मनोरन्जनकालागि ठूलो रकम खर्च होला । मानसिक चिन्ताको अन्त्यसँगै नयाँ काममा मन लाग्ने छ । कमजोर ब्यवहारिक पक्षको कारण आलोचना समेत हुनेछ तर साताको अन्त्य तिर केही महत्वपूर्ण घरायसी काम बन्ने छन् । ब्यापारमा राम्रो आम्दानी हुने समेत ग्रह योग रहेको छ । समग्रमा यो साता मध्यम रहेको छ । साताको ०९, १०, १३ र १५ गते शुभ रहेका छन् । राशी स्वामी – चन्द्रमा, शुभ रंग – सेतो, शुभ रत्न – मोती, शुभ दिशा – उत्तर ।

सिंह राशि 
सिंह राशिको लागि यो साता अवसर र चुनौती दुवै रहने छन् । अवसरको सहि सदुपयोग गर्न सके सोचेको भन्दा राम्रो अवसर आउने छ । तर कार्य क्षेत्र केही कमजोर रहँदा बनेको कुरा जोगाइ राख्नु पनि चुनौती नै हुनेछ । साताको मध्यमा बनेका कुरा साताको अन्त्यमा जाँदा बिग्रने भय समेत रहने छ । तर साताको पूर्वमा भने धेरै कामको सिद्धिको लागि समय उपयुक्त हुने  छ । बेरोजगारीको लागि रोजगारी मिल्ने छ । सरकारी काममा सम्मान पाइने छ । दीर्घकालिन सोचका काम पुरा हुनेछन् । तर भनाइ र गराईमा समेत समस्या आउने देखिएको छ । लामो समयको अन्तरालमा हुन नसकेका काम चन्द समयमै सम्पन्न हुनेछन् । मार्गदर्शन गर्नेहरु सहि नहुँदा साताको अन्त्यमा केही नुक्सानी समेत बेहोरिने छ । इच्छित कार्य सिद्धिको लागि यो साता शुभ नै रहेको छ । आफ्नो अथक परिश्रमको उचित प्रतिफल भने पाइने छ । यात्राको लागि साताको अन्त्य शुभ रहेको छ । समग्रमा साताको १०, ११, १३ र १४ गते शुभ कामको लागि उत्तम रहने छन् । राशि स्वामी – सूर्य,  शुभ रंग – सेतो, शुभ रत्न – माणिक्य, शुभ दिशा – पूर्व ।

कन्या राशि 
तपार्इंको यो साता उतार चढावयुक्त रहला । मित्रता कमजोर रहने देखिएको छ । बोलीको कारण पनि विवादित बनिने भय रहेको छ । सार्थक कामको लागि गरिएका प्रयास निरर्थक हुनेछन् । आर्थिक विषयमा पारदर्सी बनेपनि परिणाम भने कमजोर नै रहला । ब्यापारमा घाटा हुनेछ । साथै परिक्षा प्रतियोगिताको परिणाम कमजोर रहला । परिवारमा असमझदारी बढ्नाले ब्यवहारिक कुरा पुरा गर्न गार्हो पर्नेछ । व्यक्तिगत विवसता र बाध्यताको बीच काम गर्दा मानसिक तनाव हुनेछ । साताको सुभारम्भमा नैतिक कुराको प्रस्न तेर्सिने छ । सिमित साधनको बिचपनि केही काम सिद्धी गर्नु पर्ने बाध्याता बनिरहने छ । बिगतको कामको तुलनामा कमजोर प्रतिफल आउने छ । साताको मध्य सामान्यतया उत्तम रहेपनि साताको अन्त्य कमजोर रहने छ । इच्छित कामना अधुरा रहलान् । समग्रमा साता केही केही कमजोर रहने देखिएको छ । साताको ०९, ११, १३, र १४ मध्यम फलि रहेका छन् । राशि स्वामी – बुध,  शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण ।

तुला राशि 
नीजि जीवनमा खुसियाली छाउने छ । रोक्किएका काम बन्ने छन् । आफ्नो हित चाहने हरु बढ्ने छन् । सोचहरु पुरा हुनेछन् । सरकारी काम बन्ने छ । विवादमा समय खर्चनु पर्ला । आपसी कलहको फाइदा अरुले उठाउलान् । सात्विक कामको लागि नयाँ योजना बन्ने छन् । साताको शुभारम्भमा धार्मिक कामको थालनी होला । सिमित स्वार्थले गर्दा ठूलो प्रतिफल गुमाउनु पर्ने देखिएको छ । आत्मा चिन्तनमा लागिने छ । गलत व्यक्तिको संगतबाट टाढा रहेको शुभ हुनेछ । मानवीय कार्यको लागि गरिने प्रयास सफल हुनेछ । कार्य क्षेत्र विशेष रहने छ । साताको मध्यतिर कार्य व्यस्तता बन्ने, साना कुरामा भागदौड बनिरहने खतरा रहेको छ । कार्य क्षेत्र केही विवादित बन्ला । सात्विक कार्यमा बाधा आइ पर्ने छन् । सार्थक विषयमा उपयुक्त वहस नहुँदा गलत व्यक्तिले स्थान लिने सक्ने छन्, सजग रहनुपर्ला । आफ्नो भोगाईले गर्दा भोलिको लागि सजग रहने बाटो भने बन्ने छ । साताको अन्त्य तिर नैतिक रुपमा संकट देखिन सक्छ । आफन्तहरु टाढिएलान् । समग्रमा यो साता मध्यम फलि रहेको छ । शुभ कामको लागि साताको १०, १२, १३, र १५ गते शुभ रहने छन् । राशि स्वामी – शुक्र,  शुभ रंग – सेतो,  शुभ रत्न – हिरा,  शुभ दिशा – पश्चिम ।

बृस्चिक राशि 
तपार्इंको यो साता कमजोर फलि रहने छ । बोलीको कारण विवादमा परिने छ । कार्यक्षेत्र विवादित बन्ला । परिवारमा असमझदारी बढ्ने देखिएको छ । आत्म बल कमजोर रहला । शैक्षिक क्षेत्र मध्यम मात्र रहने छ । स्वास्थ्य सम्बन्धी प्रतिकुलता हात पर्नेछ । बेरोजगारको अन्त्यको लागि गरिने प्रयास खेर जाला । साताको पुरार्धमा केही रमाइला काममा खर्च होला । यात्रा उत्तम रहने छ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । कार्य क्षेत्रमा सामान्य बाधा आए पनि साताको मध्यबाट कार्य सिद्ध हुनेछ । विवादित कामको लागि यो साता शुभ रहने छ । गुमेको धन पाइने छ । साताको मध्यतिर ब्यक्तिगत रुपमा यात्राहरु होलान् । शैक्षिक क्षेत्र शुभ फल दिनेवाला छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । मानवीय कामको लागि खर्च हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । साताको अन्त्य काम गर्न सहज वातावरण बन्ने छ । परिवारमा भाइचारा बढ्ने छ । लेनदेनमा आफूलाई लाभ हुनेछ । न्यायिक समस्या भने आइ पर्ने देखिएको छ। साताको ०९, १०११ र १५ विशेष लाभ दायक रहने छन  । राशि स्वामी – मंगल,  शुभ रंग – रातो,  शुभ दिशा – उत्तर, शुभ रत्न – मुँगा ।

धनु राशि 
आफ्नो सिप र कलाको उचित प्रवर्धन द्वारा लाभ लिन सकिने बेला छ । परिवामा केही राम्रो कामको थालनी हुनेछ । बिगतको कामको राम्रो नतिजाले हौसला मिल्ने छ । व्यक्तिगत कामको लागि पनि यो साता शुभ रहने छ । गाडी वाहन सुख पाइने छ । मितेरी सम्बन्ध प्रगाढ हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याको अन्त्य हुनेछ । सिजन अनुसारको काम गरे लाभ हुनेछ । साताको सुरुमा भएका काम शुभ फल दिने वाला रहेका छन् । कार्य व्यस्तता बने पनि फुर्सदको समयको उचित सदुपयोग गरिने छ । धार्मिक र सामाजिक कमाको नतिजा उच्च रहने छ । मौसमी रोगको प्रकोप भने हुनेछ । शिक्षामा अरुचि बन्ने र गलत व्यक्तिको संगत हुने योग छ । साताको मध्यमा यात्रा सम्भव हुनेछ । आर्थिक आयका बाटाहरु पत्ता लाग्ने छन् । हितैसीजन काम लाग्ने छन् । साताको अन्त्यमा धार्मिक कामको लागि यात्रा होला । कृषि र भूमि सम्बन्धी कारोवार सफल हुनेछ । मित्रको साथले गर्दा नसोचेको काम बन्ने छ । माया प्रेम फल्ने फुल्ने देखिएको छ । समग्रमा यो साता मध्यम फल दिनेवाला रहेको छ । साताको ०९, ११, १३ र १५ गते बिशेष रहने देखिएको छ । राशि स्वामी – बृहस्पति,  शुभ रंग – पंहेलो,  शुभ रत्न –पुस्पराज,  शुभ दिशा – पूर्व ।

मकर राशि 
तपार्इंको यो साता मिश्रीत फलि रहने छ । यात्राको सुरु भन्दा अन्त्य अधिक सकारात्मक रहने छ । बोलीको कारण हुने ब्यापार शुभ रहने छ । बेरोजगारको अन्त्य हुनेछ । सिमित कामको लागि हुने प्रयास सफल रहने छ । आँट, हिम्मत र पराक्रमको कारण हुने सबै कुरा पुरा हुनेछन् । साहसिक काममा रुची हुनेछ । घर, जग्गाको व्यापार व्यवसाय फस्टाउने देखिएको छ । साताको सुरुमा व्यक्तिगत असमझदारी बढ्ने छ । अरुले गरेको काम आफूलाई मन पर्ने छैन । कार्य क्षेत्र विवादमा पर्ला । हातमा आइसकेको अवसर गुम्ने भय रहेको छ । साताको मध्यबाट शुभ काम सफल रहने छन् । परिवारमा खुसियाली छाउने छ । कार्य क्षेत्र विवाद रहित हुनेछ । अरुको भलो चाहँदा सोचेको भन्दा राम्रो नतिजा प्राप्त हुनेछ । बोलीको कारण हुने व्यापारबाट लाभ हुनेछ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । बोलीको कारण हुने ब्यापार फस्टाउने देखिएको छ । विवादित कुराको अन्त्यसंगै नयाँ कामको ढोका  खुल्ने छ  । साताको अन्त्यमा धार्मिक कार्य सम्पन्न होलान् । ब्यापार, व्यवसाय फस्टाउने छ लक्षित विषय पुरा हुनेछ । समग्रमा साताको १०, १२, १३, र १५ गते शुभ रहने छन् । राशि स्वामी – शनि, शुभ रत्न – निलम, शुभ रंग – कालो, शुभ दिशा – दक्षिण ।

कुम्भ राशि 
चन्द्रमाको कमजोर प्रभावले गर्दा मानसिक अशान्ति हुनेछ । पढाई, लेखाइ प्रति अरुचि जाग्नेछ । ब्यर्थका कुरामा भागदौड बन्ने छ । सिमित ठाउमा केही पाउने आसा ब्यर्थ जाने देखिएको छ । लामो प्रतिक्षा पश्चात प्राप्त उपलब्धिबाट हौसला बढ्ने छ । विचारमा एकरुपता आउने छ । साताको मध्यतिर, अचानक नयाँ कामको थालनी होला । आफूले गरेको कोसिसबाट अरुले लाभ लेलान् । विवादको कारण आफ्नै व्यवहार जिम्मेवार हुनेछ । शैक्षिक कामको लागि यो साता मध्यम रहेनछ । परिवारमा असन्तोषको स्थिति बन्ने देखिएको छ । आफ्ना कमिबाट अरुलाई लाभ हुनेछ साताको अन्त्यमा, सुखद कामको थालनी हुनेछ । वैचारिक रुपमा पनि प्रगति हुने देखिएको छ । सृजनसिल काममा तपार्इंको ध्यान जानेछ । आर्थिक र सामाजिक कामको लागि हुने प्रयास सफल हुनेछ । भेटघाटबाट राम्रो अवसर प्राप्त हुनेछ । मंगलको क्रुर प्रभावले आफ्नैबाट धोका हुने खतरा पनि बनिरहने छ । इच्छित कामको लागि परिवारको सहयोग भने हुनेछ । शिक्षा र स्वास्थ्य सम्बन्धी बाधा रहने छ । आर्थिक रुपमा सम्वृद्धि कमाइने छ । समग्रमा यो साता उत्तम नै रहेको छ । साताको ०९, ११, १३, र १४ गते विशेष रहलान् । राशि स्वामी – शनि, शुभ रंग – निलो, शुभ रत्न – निलम, शुभ दिशा – पश्चिम ।

मिन राशि 
आफ्नो प्रयास अनुसारको फल पाइने छ । साहित्य, कला क्षेत्र विशेष रहने देखिएको छ । समाजमा राम्रो काम द्वारा प्रतिष्ठा कमाउन सकिने छ । अचानक भएका कामको जस लिन पाइने छ । विवादित विषयले भने अत्यन्तै मर्माहत बनाउने छ । पहिलेको कुरा सोचेर मानसिक चिन्ता बढ्ने छ । साताको सुरुमा, धेरै राम्रा महत्वका काम सम्पन्न हुनेछन् । मित्रको सहयोग जारि रहेन छ । कला कौसलताको क्षेत्रमा प्रगति हुनेछ । साहित्यिक व्यक्तिको कुरा चित्त बुझ्ने छ । यात्रा फलिभूत हुनेछन् । केही नयाँ कामको सिलसिलामा बिशेष व्यक्तिसंग भलाकुसारीको संयोग रहने छ । साताको मध्यतिर स्वास्थ्य सम्बन्धी समस्या आउने छ । केही कमजोर सोच भएका व्यक्तिको साथले प्रतिष्ठामा भने समस्या ल्याउने छ । बेरोजगारीको समस्या हल हुनेछ । ब्यापारबाट मनग्गे लाभ हुनेछ । शिक्षामा रुची हुनेछ । साताको अन्त्यमा, बोलीको कारण हुने व्यापार फस्टाउने छ । राजनीतिमा विशेष लाभ हुनेछ । इमान्दार कार्यको लागि मित्रको साथ बनिरहने छ । यातायातको क्षेत्रमा पनि धेरै राम्रा अवसर आउने छ । विचारमा सुद्धता र पवित्रता बनिरहने छ । समग्रमा साता मध्यम रहेको छ । साताको ०९, १०, १२, र १४ गते विशेस रहेका छन् । राशि स्वामी – बृहस्पति,  शुभ रंग – पहेँलो,  शुभ रत्न – पुस्पराज,  शुभ दिशा – उत्तर ।
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget