बैंककमा बन्दैछ राजतन्त्र फर्काउने यस्ताे खतरनाक डिजार्इन

सोमबार, १० फागुन
काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा २०७२ फागुन ७ गते जारी गरेको विज्ञप्ति र उनले बैंककबाट गरिरहेको राजनीतिक भेटवार्ताहरुबीच कुनै सम्बन्ध नहुन सक्छ ।
तर, भारतको वर्तमान बिजेपी सरकारसँग निकट रहेको एउटा प्रभावशाली समूह र पूर्वमहाराजा ज्ञानेन्द्र शाहबीच निरन्तर संवाद चलिरहनु र नेपालमा हिन्दू राज्य सहितको बेबी किङको पुनस्र्थापनाका लागि बलियो लबिङ सुरु हुनु सायद संयोशमात्र नहुन सक्छ ।
२०७२ माघ ६ गते बैंकक गएका ज्ञानेन्द्र शाह फागुन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । बैंकको ३४ दिने बसाईका क्रममा पूर्व राजा ज्ञानेन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोबलदेखि चिनियाँ उपविदेशमन्त्रीसम्मका प्रभावशाली व्यक्तिहरुसँग नेपालको अवस्थाबारे छलफल गरेको सुत्रहरुको दाबी छ ।
दुवै देशका प्रभावशाली व्यक्तिहरुसँगको भेटमा पूर्वराजाले नेपालमा राजतन्त्रको अन्त्यपछि फ्रि तिब्बत मुभमेन्ट बढेको मुख्य विषय र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहाकार अजित डोयलसँग नेपालमा पाकिस्तानबाट भारत विरोधी गतिविधि बढ्नेदेखि नेपाल अन्तर्राष्ट्रिय आतंककारीको क्रिडास्थल बन्न सक्ने सम्मका छलफल भएको स्रोतको दाबी छ ।
त्यस्तै क्रिश्चियनहरुको विस्तार र विकासले तीव्रता पाउने, भारत र चीनको हित रक्षाका लागि नेपालमा राजसंस्था कुनै न कुनै रुपमा स्थापना हुनुपर्ने बारेमा उच्चतहका कूटनीतिकहरुसँग छलफल चलेको निर्मल निवास निकट स्रोतले जनाएको छ । पूर्वराजा शाहलाई बालसखा प्रमुशमशेरले थाइल्यान्डमै बसेर सघाइ रहेको बताइन्छ ।
भावी योजना बनाउन पूर्वराजाले आफू जानु अघि नै प्रभुशमशेरलाई बैंकक पठाएका थिए । भारतको कट्टर हिन्दूवादी समूह र बिजेपीको एउटा सशक्त पक्ष नेपालमा हिन्दू राज्य र बेबी किङ (हृदयन्द्र शाह) सहितको राजतन्त्र चाँडोभन्दा चाडो स्थापना गर्ने पक्षमा रहेको कुरा नयाँ दिल्लीस्थित सूत्र बताउँछ । अाजकाे साँघु साप्ताहिकमा समाचार छ ।
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget