प्रचण्ड भन्छन्-‘करिश्मालाई मैले मन पराउने हल्ला गरिन्थ्यो,तर बाबुरामकी मान्छे रहिछन्’

काठमाण्डु, १० फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नाम अभिनेत्री करिश्मा मानन्धरसँग गलत तरिकाले जोडिएको प्रमाणित भएको बताएका छन् ।

पार्टीको काठमाण्डु जिल्ला समितिको आयोजनामा सोमबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले आफूले करिश्मालाई कहिल्यै मन नपराएको बताए ।
आफ्ूले करिश्मालाई मन पराएको कुरा झुठो भएको खण्डन गर्दासमेत विगतमा नपत्याइएइको चर्चा गर्दै उनले करिश्मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेपछि भने भ्रम टुटेको उल्लेख गरे ।
‘मैले करिश्मालाई मन पराउँछु भन्ने हल्ला साँचो थिएन’, उनले भने, ‘मिडियामा एकचोटि आएपछि आएको आयै हुँदोरहेछ । अहिले सबैले देखे नि करिश्मालाई मैले होइन, बाबुराम मन पराउने रहेछन् ।’
आफ्नो कुरा सुनेर कार्यकर्ता मुर्छा परेर हाँसेपछि उनले आफूले ठट्टा जस्तो गरेर विषय राखे पनि त्यसभित्र गहिरो मर्म लुकुको बताए । ‘मैले ठट्टा ठट्टा जस्तोमा यो कुरा भनें तर यसमा गहिरो मर्म छ है कमरेडहरु’, उनले भने ‘ठ्टटामा भन्न खोजेको कुरा हो तर, ठट्टा चाहिं होइन ।’
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget