लोडसेडिङ घटाउन चीनको यस्तो प्रस्ताब, निर्णय ओलीको हातमा

फागुन ११। छिमेकि राष्ट्र चीनले नेपाललाई विद्युत संजालमा जोड्ने प्रस्ताव गरेको छ। यस अघि नेपाललाई दक्षिण एसियाली रेलमार्ग र विश्व बैंकमा समेत समेटेको चीनले विद्युत संजालमा समेत जोड्ने प्रस्ताव गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजकीय सम्मानका साथ स्वागत गरेको भारतले तत्काल ८० मेगावाट बिद्युत दिएर नेपाललाई उज्यालो दिएको घोषणा गरेको छ।


भारतले आगामी २२ महिनामा ६ सय मेगावाट बिद्युत दिने घोषणा गरेको भोलि पल्टनै चीरप्रतिदंधी चीनले नेपाललाई विद्युत संजालमा जोड्ने प्रस्ताव गरेको छ। ‘एक क्षेत्र एक मार्ग’ रणनीति अनुसार चीनले तिब्बत र नेपालबीच बिजुली सञ्जाल जोड्न विशेष पहल गर्नुपर्ने बताएको छ। चीनको राज्य ग्रिड कम्पनी अन्तर्गत तिब्बत विद्युत कम्पनीका प्रमुख लिउ स्याउ मिङले चीनले यस्तो प्रस्ताव गरेपनि नेपालबाट पनि सोहि अनुसारको प्रस्ताव आउनुपर्ने बताएका छन्।

चीनको प्रस्ताव अनुसार नेपाल अगाडी बढे नेपाललाई भारतबाट १ वाट पनि बिजुली नचाहिने विज्ञहरुले बताएका छन। चीनले सन् २०२० सम्म चीन र नेपाल बीचमा बिजुली सञ्जाल जोड्ने सम्भावना रहेको बताएपनि यो प्रस्ताव प्रधानमन्त्री ओलीले लिने निर्णयमा भर पर्ने विज्ञहरुले बताएका छन। भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली भोलि नेपाल फर्कदै छन। एक महिना भित्र चीन भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई सोहि समयमा चीनले विद्युतविकासका लागि बिद्युत संजाल जोड्ने प्रस्ताव गर्न सक्ने अनुमान गरिएको छ।

onlinedailypost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget