काठमाडौं, फागुन १४
घाइतेको शीघ्र उपचार गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कालिकोटमा शुक्रबार काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी पाइलट र कोपाइलटको निधन भएकोमा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले मृतकहरुप्रति श्रध्दाञ्जली व्यक्त गर्दैे शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शीघ्र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिँदै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।
(सेतोपाटी)
Post a Comment