काष्ठमण्डप एअरलाइन्सका चालकले आफू मरेर यात्रुलाई बचाए

काठमाण्डु, १४ फागुन– नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमाण्डप एअरलाइन्सको विमान दुर्घटना हुँदा विमानाका दुवै चालकको निधन भएको छ । विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना थिए ।
कालीकोटको चिल्खाया २ दुर्घटनाग्रस्त भएको सो विमानका एक चालकको दुर्घटना भएलगत्तै र एकको उपचारका क्रममा निधन भएको स्थानीय कमल शाहीले जानकारी दिएका छन् ।
बाँकी नौ यात्रु सबै घाइते छन् तर उनीहरु बोल्न सक्ने होसमा छन् । विमानमा परिचारिका नभएको शाहीले जानकारीदिए । स्थानीय स्रोत साधनका आधारमा घाइते यात्रीहरुको उपचार भइरहेको छ ।
विमानमा खराबी भएपछि आकस्मिक अवतरण गरिएको जस्तो देखिएको स्थानीयले बताएका छन् ।
विमानमा मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु छन् । उनीहरुको टाउको, हात, खुट्टा, ढाडमा चोट लागेको छ ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget