एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी केही समय अघि अचानक पाकिस्तान पुगे । पूर्वयोजनाविना उनी किन पाकिस्तान गए भन्ने धेरैलाई कौतुहल थियो । तर यो रहस्य हालै भारतकै उत्तरप्रदेश सरकारका वरिष्ठ मन्त्री आजम खानले सार्वजनिक गरेका छन् ।
मन्त्री खानको दावीअनुसार मोदी अन्डरवल्र्ड डन दाउद इब्राहिमलाई भेट्न पाकिस्तान गएका थिए । मोदीले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै दाउदलाई भेटेको मन्त्री खानको भनाइ छ । उनले कतिसम्म दावी गरेका छन् भने पर्दा पछाडि मोदीले कसकसलाई भेटे भन्ने प्रमाण दिने बताएका छन् ।
२५ डिसेम्बरमा पाकिस्तान जाँदा मोदीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, उनकी आमालाई घरमै गएर भेटे । नवाज सरिफको घरमै रहेका दाउदलाई पनि मोदीले भेटे ।
kathamandutoday
Post a Comment