काठमाडौं, माघ २४ । अर्थमन्त्री विष्णु पौडेल आज भारत जाँदै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि उनी दिल्ली जान लागेका हुन ।
प्रधानमन्त्री ओलीको फागुन ७ गतेबाट हुने चार दिने दिल्ली भ्रमणको तयारीका लागि उनी दिल्ली जान लागेका हुन । यस क्रममा सहुलियत ऋण तथा भूकम्प पुनर्निर्माण योजनाका परामर्श बैठक गरिने छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज तथा अरुण जेटेलीसँग गरिने भेटवार्तामा राजनीतिका अतिरिक्त नेपाललाई भारतले दिँदै आएको सहुलियत ऋणको उपयोग तथा भूकम्प पुनर्निर्माण योजना कार्यान्वयनमा केन्द्रित हुनेछ ।
एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा घोषणा भएको एक अर्ब डलरको सहुलियत ऋण कार्यान्वयनबारे अझै कुनै टुंगो भएको छैन ।
भूकम्पपछि सम्पन्न दातृ सम्मेलनमा भारतले प्रस्ताव गरेको एक अर्ब डलरको सहयोग पनि त्यत्तिकै अलपत्र छ ।
imagekhabar
Post a Comment