– शिवलाल सुवेदी गुल्मी, २३ माघ । नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वाभिमानमा भारतसँग नेपालको जित भएको बताउनुभएको छ । नेकपा एमाले क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनलाई
सम्बोधन गदै पूर्वमन्त्री समेत रहनुभएका एमाले सचिव ज्ञवालीले नेपाली जनताले बनाएको संविधान जारी हुँदा स्वागत नगरेको भारतले अहिले नेपाली जनताहरुले नै संविधान संशोधन गरेपछि स्वागत गरिसकेकाले नेपालको राष्ट्रिय स्वाभिमानको जित भएको बताउनुभयो । नेपाल देश भौगोलिक हिसावले सानो भएपनि शक्तिका हिसाबले ठूलो भएको भन्दै नेता ज्ञवालीले राष्ट्रिय स्वाभिमान र एकतामा सानो नदेख्न भारतलाई चेतावनी समेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीहरु कसैको दबाबमा आफ्नो राष्ट्रियता गुमाउन चाहान्नौ ।’ लामो समयदेखि मधेसीको नाममा गरिएको आन्दोलन मधेसीको नभएर भारतको भएको समेत उहाँले स्पष्ट पार्नुभयो । नेपाल सानो देश भएका कारण सबिधान जारी गर्ने बेलामा नसोधी सबिधान जारी गरेकोमा भारतको टाउको दुखाई भएको भन्दै नेता ज्ञवालीले प्रश्न गर्नुभयो– ‘मधेसीहरुको पक्षमा नाकाबन्दी भएको भए, पटक पटक भारतीय सीमा सुरक्षा बललाई नेपालमा प्रबेश गराएर नेपाली जनता कुट्न लगाउथ्यो ?’ अब नेपाली जनता भारतसँग दाजुभाइको नाता नभएर मित्रताको नाता अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब प्रधानमन्त्रीले छिट्टै नै भारतको भ्रमण गर्ने बताउनुभयो । लामो समयदेखि राष्ट्रियता र स्वाभीमानको लडाईमा नेपाल सरकारको बिजय भएको र भारतले आफ्नो हार स्वीकार गरिसकेकाले अब प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै भारतको भ्रमण गर्ने ज्ञवालीको भनाई थियो । उहाँले हिमाल पहाड र तराई मिलाएर प्रदेशको सीमांकन हुनुका साथै कुनै पनि जातीय आधारमा राज्य निर्माण नहुने स्पष्ट पानुभयो ।dainiknepa
Post a Comment