ज्योती मगर भन्छिन् : - मेरो अंकल र ठूलोबुवाबाट यस्तो गर्ने प्रेरणा मिल्यो

मोरङको डाँगिहाटको लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च मा.वि. खेल मैदानमा डाँगीहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगीहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गतेदेखि सुरु भएको डाँगीहाट खेलकुद महोत्सवमा बिहिवार साँझ आएकी चर्चित गायिका तथा मोडल ज्योती मगरले डाँगीहाटबासीलाई नचाएकी छिन् । रोल्पाको नुवागाँउमा जन्मे, हुर्केकी ज्योती मगर हिजोआज साङ्गीतिक क्षेत्रमा निकै हट गायिका मानिन्छिन् । साङ्गीतिक कार्यक्रममा सहभागी हुन पूर्व आएकी उनीसँग गरिएको
कुराकानीका केही अंशः

रोल्पाको मान्छे पूर्व आउनु भएको छ कस्तो लागिरहेको छ ?
सोचेभन्दा धेरै नै रमाईलो लागेको छ । यस अघि पनि एक पटक सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा कार्यक्रमको सिलसिलामा आएको थिएँ ।

कसको प्रेरणाले यस क्षेत्रमा लाग्नुभयो ?
म गाँउमा स्कुल पढ्दादेखि नै विभिन्न नाटक तथा अन्य सांगीतिक कार्यक्रमहरुमा सहभागी हुनेगर्थे । पछि थप प्रेरणा चाँही मेरो अंकल र ठूलोबुवाबाट प्राप्त भयो ।

कति भयो यस क्षेत्रमा लाग्नु भएको ?
गाँउबाट राजधानी आएपछि, करिव दश वर्ष जति भयो ।

हालसम्म कतिवटा गीतहरु गाउनु भयो ?
करिव पाँच दर्जन जति गीतहरु गाएको छु । त्यसमध्ये सात वटा गीतको भिडियोमा चाँहि आफै अभिनय समेत गरेको छु ।

सधैँउस्तै देखिनु हुन्छ कति वर्ष पुग्नुभयो ?
छोरा मान्छेको सेलरी र छोरी मान्छेको उमेर नसोध्नु भन्छन् ।

विहे कहिले गर्नुहुन्छ ?
खोई अहिले त्यतातिर ध्यान छैन, जुरेपछि गरिएला नि ।

कति पढ्नुभएको छ, कि पढ्दै हुनुहुन्छ ?
एस.एल.सी पास गरेर काठमाण्डौँको पिके कलेजमा पढ्न सुरु गरियो पछि खासै पढाइमा अघि बढ्न सकिएन, अब त पढ्छु जस्तो नि लाग्न छाड्यो ।

किन बढि मात्रामा सेक्सुवल प्रकारका गीतमा अभिनय गर्नुहुन्छ ?
आ–आफ्नो पन हो म्युजिक, पोल्टिक्स, गेम र सेक्स सँगसँगै आउछ यो चार चिजले कुनै न कुनै रुपले मान्छेलाई तान्छ । फिलिङ्स अनुसारको भिडियो खेल्छु, अचेल त मेरो प्याट्रन नै बनिसक्यो ।

सबैभन्दा मन परेको गीत कुन हो ?
'उही मुलाको चाना...' ।

अन्त्यमा तपाईंका स्रोता तथा दर्शकहरुलाई के भन्नु चाहनुहुन्छ ?
दर्शक तथा स्रोताहरु हुनुहुन्छ र नै म छु । म सधै उहाँहरुको ऋणी रहिरहने छु र सधैभरी यसैगरी माया गरिरहनु हुनेछ भन्ने आशा गर्दछु ।
प्रस्तुति : विवेक मिश्र
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget