झापा, फागुन १४ । संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले भूकम्प, नाकाबन्दी जस्ता समस्याबाट राजनीतिक दलहरुले पाठ सिक्नुपर्ने बताएका छन् ।
शुक्रबार झापाको धुलाबारीस्थित धुलाबारी उच्च माविको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कुनैपनि पूर्वतयारीहरु नगर्दा देश समस्यामा पर्नेगरेको बताए ।
नेपालको संविधान विश्वमै अद्वितीय रहेको दाबी गर्दै नेम्वाङले यसको कार्यान्वयनमा सबैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा विद्यालय शिक्षाको विकासमा सहयोग पुर्याउने उच्च माविका चन्दादाता, शिक्षासेवीलगायतलाई सम्मान गरिएको थियो ।
imagekhabar
Post a Comment