काठमाडौं, माघ २३ । उपप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले एक बर्षभित्र उर्जा संकट अन्त्य गर्ने दावी गरेका छन् ।
काठमाडौंमा गरिएको नेपाल हेभी इक्विपमेण्ट व्यवसायी संघको छैंठौं साधारणसभामा उनले एक बर्षभित्र उर्जा संकट अन्त्य गर्ने योजना सरकार रहेको सुनाए ।
एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने विषयमा शंका नगर्न उनको आग्रह थियो । पूर्वाधार विकासका लागि सरकारको पूरै ध्यान केन्द्रित रहेको उनको भनाई छ ।
व्यवसायीले भने इन्धनको अभावमा बाटो, चौर र खेतबारीमा उपकरण थन्किएको भन्दै चाडै काम गर्ने वातावरण बनाउन माग गरेका थिए ।
इन्धन अभावका कारण हेभी इक्विपमेण्ट उपकरणको बजारमा गिरावट आएको भन्दै व्यवसायीहरुले सहज बातावरणको लागि पहल गरी दिन आग्रह गरे ।
imagekhabar
Post a Comment