वीरगञ्ज खुलेपछि चीनमा तनाव, राष्ट्रपति सिको सुर्ता,यसकारण भयो मन चसक्क

२३ माघ
 काठमाडौ । १३५ दिन बन्द भएर वीरगञ्ज नाका खुल्दा आम नेपाली खुसी नहुने कुरै आएन ।
नेपालको लाइफलाईका रुपमा रहेको वीरगञ्ज नाका भएर करिब ७५ प्रतिशत सामग्री नेपाल आउने गरेको छ । त्यसमा पनि अत्यावश्यकीय पदार्थहरु इन्धन, उद्योग सामग्री र खाद्य सामग्रीहरु यही नाकाबाट आउँछ । यस कारण देश खुसी मनाइरहेकाे छ ।
तर, यो नाका बन्द भएपछि बहसमा आएको नेपाल तीन प्रमुख नाका तातोपानी भने कहिले खुल्ने ठेगान छैन ।
भारतले यस अघि नै चीनले समेत नेपालमा नाकाबन्दी लगाइरहेको तर, नेपालले कुरा नबुझेको आरोप लगाइसकेको अवस्थामा वीरगञ्ज खुलेपछि भने चीनमा चस्का पसेको छ ।
चीनले तातोपानीको सीमा क्षेत्रका घरहरु भुकम्पले भत्कीएको र सडक समेत क्षती भएको कारण देखाउँदै उक्त नाका बन्द गरेको छ । बैशाख १२ देखि बन्द उक्त नाका खुल्ने सम्भावना अझै छैन ।
नेपालले जती नै आग्रह गरे पनि चीन उक्त नाका खोल्ने मोडमा छैन । उस्ले त्यहाँका बासिन्दा र व्यापारीलाई ५ सय किलोमिटर पर लगीसकेको छ ।
खासमा तीब्बत प्रति सकारात्मक धारणा राख्नेहरुले चीन विरोधी गतिविधि गरेको आशंकामा चीनले खासा बजार विस्थापन गरेको हो ।
अब उस्ले नेपाल सँगको प्रमुख नाकाका रुपमा केरुङ–रसुवागढीलाई अघि बढाउने तयारी गरीसकेको छ । क्ुनै हालतमा तातोपानी सञ्चालन नगर्ने चिनियाँ चाहना छ ।
यस्तो बेला चीनले उक्त नाका बन्द गरेको थियो की, नेपाली जनता भूकम्प र भारतीय नाकाबन्दीका कारण पीडामा थिए । तर, चीनले उक्त नाका खोल्नेबारे सकारात्मक कुरा मात्रै गरेको थियो, प्रगती थिएन । यस कारण भारतले नाकाबन्दी लगाएको विरोध हुँदा चीनले लगाएको नाकाबन्दीलाई भने हाम्रा राजनीतिज्ञम र सर्वसाधारणले बुझ्न सकेनन् । केवल भूकम्पलाई दोष लगाइयो ।
भारतकै विरोध मात्रै भैरहेपछि भारतीय संस्थापनले नेपालमा चीनले समेत नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई सन्देश पठाएपछि ओली झसंङ भएका थिए ।
त्यो कुराले चीनलाइए बिझेको थियो । अनि उस्ले तत्काल केरुङ नाकालाई सहज पार्ने भन्दै उक्त नाका खुलाउनकालागि र ढुवानी बढाउनकालागि प्रवेशको सहजिकरण पनि थाल्यो । यतीबेला बीरगञ्ज सहज बन्दै छ ।
यस्तो अवस्थामा चीनमा तनाव हुनु स्वभाविक हो । चिनियाँ विदेश मन्त्रालयले यस बारेमा नबोले पनि वीरगञ्ज खुल्नु तातोपानी नखुल्नुले कतै चीन विरोधी भावना पनि बढ्ने त हैन भन्दै चिनियाँ संस्थापनका नेताहरु तनावमा परेका छन्।
नेपाललाई विपद् आइलाग्दा पनि आफ्नो आन्तरिक मामलालाई ढाकछोप गरि भूकम्पलाई मात्रै दोष दिएर प्रमुख नाका रोक्दा नेपाली निकै विपद्मा परेको कुरा राष्ट्रपति सि जिन पीङलाई राम्ररी थाहा छ ।
यस कारण पनि उनले विदेश मन्त्रालय मार्फत् बेला बेलामा नाका सहजीकरणकालागि भुमिका खेलीरहेको बोल्न लगाएका थिए । अहिले सिलाई फेरि अर्को सुर्ता थपीएको छ ।
नाका खुलेसँगै प्रधानमन्त्री ओलीको भारत प्रमण पक्का भैसकेको अवस्थामा आफुहरुको कमजोरीका कारण नेपालीले दुख पाएको र अन्तिममा फेरि भारत प्रति नै नेपाल सकारात्मक हुने हो की भन्ने चस्का समेत पसेको छ । अब प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा नाका सहजीकरणको विषय उठ्ने छ ।
अनि निरन्तर सञ्चालनमा आउनेगरि केरुङलाई अघि बढाउने र रेलको लिक समेत उक्त स्थानसम्म ल्याउने कामलाई व्यावहारीक बनाइयोस् भन्ने चाहना समेत छ ।
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget