‘धर्मरिनपेक्ष घोषणाले राष्ट्रको परिचय गुम्यो’

दाङ: वाचन पण्डित दिनबन्धु पोखेलले धर्म निरपेक्ष राष्ट्र घोषणाले मुलुकको परिचय गुमेको वताएका छन् । रिर्पोटर्स क्लव नेपाल दाङ शाखाले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन ।

नेपालकै पख्र्यात कथा वाचक पोखरेलले २०६२÷०६३को जनआन्दोलनको मर्म धर्मबारे नभएको तर त्यसको मर्म विपरित मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र गराउने गल्ति नेताहरुले गरेको आरोप लगाए ।


उनले नेताहरु कतिपय दलका नेताहरु विदेशको इशारामा चलेकोले उनीहरुकै अकर्मन्यताले आज समाजमा विखण्डन र विभेदीकरण बढेको बताएका छन् ।

उनले भने ‘नेपाल विश्व सभ्यताको उद्गम स्थल हो, तनहुँमा वेदको जन्म भएको हो, यस्तो स्थानलाई धार्मिक पर्यटनको केन्द्र वनाउन सके पाँच वर्षमै मुलुक
सम्वृद्धिको मार्गमा लम्किने छ ।’

बेद एउटा विश्व सभ्यताको जननी भएको चर्चा गरेका उनले नेपालबाट डोटीबाट योगको जम्न भएकोले भारतमा रामदेवले योग जन्माए भन्नु सरासर झुट भएको बताए ।

उनले बुद्ध जन्मस्थल,मानव सभ्यताको जन्मस्थल नेपालले एक पटक फेरि विश्वसभ्यताको शुरु नेपालवाटै गर्नु पर्ने बताए ।

उनले आफूले ‘आधुनिक भौतिक तत्ववाद’ समेटेर पुस्तक तयार पारिरहेको जानकारी दिएका वाचन पण्डित पोखरेलले त्यसमा अध्यात्मवाद र भौतिकबादलाई समायोजन गरिएको उल्लेख गरे ।

उनले काठमाडौंमा हिन्दु धर्मको विकासमा टेवा पुग्ने गरि एउटा बृहत प्रतिष्ठान खोल्न लागेको जानकारी दिए ।

क्रिस्चियनहरु संघसंस्थाले केही राजनीतिको माध्यमवाट नेपालमा भित्रिने क्रम बढेको चिन्ता व्यक्त गर्दै उनले जनजातीहरुलाई सचेत रहन र पैसाको लालचमा नफस्न आग्रह पनि गरेका थिए ।

पश्चिमाहरुले धर्मलाई व्यापार बनाए
कार्यक्रममा मन्तब्य राख्दै लोकपृय गायिका कोमल वलीले पछिल्लो समय धार्मिक सहिष्णुतामा त्रिस्चियनहरुका कारण चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरिन ।

उनले पैसा खर्च गरेर संघसंस्थाहरुले धर्मलाई व्यापार बनाउन खोजेकोले चुप लागेर बस्न नहुने तर्क गरिन । उनले क्रिस्चियनहरुले धर्मलाई किनमेल गरेर व्यापार बनाउँदै लगेकोले सबै सचेत हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा तुलसीपुरमा जारी धार्मिक महोत्वस आर्थिक उपसमितिका संयोजक उत्तम कुमार श्रेष्ठले तुलसीपुरमाबहुआयिक सभाहल निर्माणको लागि थालिएको अभियानमा हातेमालो गर्न आग्रह गरेका थिए ।

उनले महायज्ञमा प्राप्त भएको दान पारदर्शी बनाउन राप्ती-भेरी विकास बैंकमा मुल आयोजक समितिका संयोजक र आर्थिक संयोजकको नाममा खाता संचालन गरिएको जानकारी दिए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget