कस्तेा अचकम्म... यी देशमा भ्यालेन्टाइन मनाउन प्रतिबन्ध

भ्यालेन्टाइन डे आउनसाथ संसारभरका थुप्रै प्रेमीप्रेमिकाहरु प्रेम साट्न अग्रसर हुन्छन् । कतिले त यही दिनलाई कुरेर बसेका समेत हुन्छन् । तर विश्वमा यस्ता देशहरु पनि छन् , जहाँ प्रेमदिवस मनाउन प्रतिबन्ध छ । कुनै देशमा सरकारले नै प्रेमदिवस मनाउन प्रतिबन्ध लगाएको छ भने कुनै देशमा सर्वसाधारणले नै यो दिवस मनाउदैनन् ।

मलेसियामा मुस्लिमलाई प्रतिबन्ध
मलेसियामा ६० प्रतिशत मुस्लिम छन् । यहाँ मुस्लिम समूदायले प्रेम दिवस मनाउन प्रतिबन्ध लगाएको छ । त्यसैले भ्यालेन्टाइन डेको दिन किशोर–किशोरीहरुले घरबाट निस्कदाँ धेरै सोच्नुपर्ने हुन्छ । सन् २०१२ मा भ्यालेन्टाइन डेको दिन प्रहरीले थुप्रै होटलमा छापा मारेर प्रेमदिवस मनाउनेलाई जेल पठाएको थियो ।

इरान
इरान सरकारले सन् २०११ मा भ्यालेन्टाइन डेमाथि प्रतिबन्ध लगायो । सरकारी अधिकारीहरुले सञ्चारमाध्यममार्फत विज्ञप्ती निकाल्दै यो दिवस नमनाउन चेतावनी दिए । भ्यालेन्टाइन डेको प्रवद्र्धन गर्ने रातो गुलाफ, हर्ट शेप, हाफ हर्ट शेप र यससँग जोडिएका थुप्रै कुराहरु प्रयोग नगर्न सर्वसाधारणलाई चेतावनी दिइयो । अहिले यो दिवस मनाउने जो कोहीमाथि कारबाही हुन्छ ।

रशियाको बेलगोरोड प्रान्त
रशियाको बेलगोरोड प्रान्तमा २०११ देखी भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध छ । यहाँका गर्भनरले यस्तो निर्णय गरेका थिए । यो अस्वस्थ्थ विदेशी नक्कल मात्रै भएको भन्दै यसअघि नै यस प्रान्तमा विरोधभएको थियो । स्कुल कलेजदेखी कुनै पनि संस्थामा यो दिवस मनाउन प्रतिबन्ध छ ।

साउदी अरब
साउदी अरेबियामा भ्यालेन्टाइन डेको दिन छुट्टी बस्न पाइदैँन । यहाँका अधिकारीहरुले यस दिनलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । १४ फेब्रुअरी आउनुभन्दा केही दिनअघि गुलाफ, रातो रंगका अन्य सामाग्री तथा प्रेम झल्कने कुनै पनि कार्ड वितरण गर्न पाइदैँन । सरकारको यस निर्णयपछि भ्यालेन्टाइन डेका लागि लक्षित गरिएका सामाग्रीहरुमा साउदीमा कालोबजारी हुन्छ ।

इन्डोनेशियामा पनि प्रतिबन्ध
इन्डोनेशियामा पनि यो दिवस प्रतिबन्ध छ । यहाँपनि भ्यालेन्टाइन डेका दिन कार्डस काट्ने , गुलाफ दिने वा घुम्न जाने काम वर्जित छ । यद्यपी यहाँ युवाहरु यो निर्णयको विरोध गर्छन् र भ्यालेन्टाइन डे मनाउँछन्

ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget