काठमाडौँ, २३ माघ, अरुलाई परीक्षा दिन लगाएर एमबिबिएस उत्तीर्ण गरेका नक्कली चिकित्सकहरु देशभरिका अस्पतालमा कार्यरत रहेको खुलेको छ । काठमाडौँ तथा तराईका विभिन्न अस्पतालमा कार्यरत १३ जना त्यस्ता नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट बनाउने, त्यसैको आधारमा चीनमा एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स परीक्षामा अरुलाई जाँच दिन लगाएर पास गरेर डाक्टर हुनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धेरैजसो नवलपरासीदेखि झापासम्मका अस्पतालमा कार्यरत चिकित्सकहरु छन् । पक्राउ परेका चिकित्सकको एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट रहेको खुलेको छ । सोही नक्कली सर्टिफिकेटका आधारमा उनीहरुले चीनबाट एमबिबिएस पढेका थिए । चीनमा एमबिबिएस पढ्न प्रवेश परीक्षा उत्तीर्ण गर्नु नपर्ने र सर्टिफिकेट भए पुग्ने भएकाले यसरी उनीहरुले नक्कली सर्टिफिकेटका आधारमा एमबिबिएस पढेका थिए आजको नयाँ पत्रिकाले लेखेको छ ।
aajakokhabar
Post a Comment