काठमाडौं : शुक्रबार राति सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको ५.५ म्याग्निच्यूडको परकम्पबाट ६६ जना घाइते भएका छन् ।
राति १० बजेर ५ मिनेटमा सिन्धुपाल्चोक र चीनको सीमा नजिकै केन्द्रबिन्दु बनाएर गएको सो परकम्पका कारण काठमाडौं उपत्यकामा ६६ जना घाइते भएका नेपाल प्रहरीले जानकारी दिएको छ ।
उपत्यकाका आधाजसो भागमा लोडसेडिङ भएको अवस्थामा भूकम्प गएपछि भाग्ने क्रममा सर्वसाधरण घाइते हुन पुगेका हुन् ।
वैशाख १२ मा गएको शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४२८ वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
annapurnapost
Post a Comment