नवयुगको स्वागत गर्न घर–घरमा घडा

इलाम– नेपाली 'फुटबल स्टार' नवयुग श्रेष्ठलाई बिहीबार उनको जन्मगाउँ इलामको देउमाई नगरपालिकास्थित मंगलबारेका बासिन्दाले स्वागत र सम्मान गरेका छन्। उनको सम्मानमा स्थानीयले मंगलबारे बजारमा र्याली र कोणसभा आयोजना गरे।

बुधबार झापाको दमक आएका नवयुग बिहीबार बिहान मंगलबारे बजार पुग्नेबित्तिकै स्थानीयले घर–घरबाट निस्केर स्वागत गरेका थिए। उनी आउने खबर पाएपछि यहाँका प्रत्येक घरअगाडि फूल, पानी भरिएका कलस र घडा राखिएको थियो । नवयुयको घर मंगलबारे बजारभन्दा अलि तल्लो गाउँमा पर्छ । उनी घर नपुग्दै बजारबासीले ¥यालीमा सहभागी गराएर फूलमाला पहिर्याएको उनका बुबा चन्द्रशेखर श्रेष्ठले बताए ।

नवयुगको सम्मानमा उनी पढेको भानुभक्त उच्च माध्यमिक विद्यालयसहित उद्योग वाणिज्य संघ, स्थानीय विद्यालयहरू, त्रिवेणी युथ क्लबलगायत संघ–संस्थाले संयुक्त रूपमा औपाचारिक कार्यक्रम नै आयोजना गरेका थिए । उनीहरूले नवयुगलाई सम्मानस्वरूप एकमुष्ठ रूपमा ५१ हजार रुपैयाँ प्रदान गरेका छन्। आफूलाई सहयोग गरी सफलतातर्फ डो¥याउने सबैलाई नवयुगले कार्यक्रममार्फत् धन्यवाद दिए ।

नवयुगलाई इलाम जिल्ला विकास समितिले पनि आउँदो जिल्ला परिषद्मा ५१ हजार रुपैयाँसहित सम्मान गर्ने यसअघि नै घोषणा गरिसकेको छ। उनलाई जिल्ला फुटबल संघको अगुवाईमा सदरमुकाममा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको संघ अध्यक्ष निरोज खड्गीले बताए। यसअघि माइभ्याली फुटबल क्लबले पनि उनलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरेको थियो । नवयुग शुक्रबार सदरमुकाम आएर काठमाडौं फर्किने छन्।

जिल्लाको साविक मंगलबारे गाविस (हाल देउमाई नगरपालिका) मा २०४७ जेठ २५ मा जन्मिएका नवयुगले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान गरेका छन्। भर्खरै भारत गुवाहाटीमा सम्पन्न १२औं साग फुटबलमा नेपालले भारतलाई २–१ ले हराउँदै २३ वर्षपछि उपाधि उचाल्दा नवयुगले निर्णायक गोल गरेका थिए। त्यही प्रतियोगितामा उनले दोहोरो ह्याट्रिक गरेका थिए। बंगलादेशमा केही महिनाअघि सम्पन्न बंगबन्धु गोल्डकपमा ह्याट्रिक गर्दै उनी अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने देशकै पाँचौं खेलाडी भएका थिए।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget