बिमान दुर्घटनामा मृत्यु भएका बाह्रजनाको शव पोखरा ल्याइयो

पोखरा, १२ फागुन । म्याग्दीको दाना गाउँ विकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने १२ जना यात्रुको शव पोखरा विमानस्थलमा ल्याइएको छ । गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी महेन्द्रकुमार पोखरेलका अनुसार ल्याइएका शवमध्ये क्याप्टेन रोशन मानन्धर र रेवती बरालको पहिचान खुलेको छ ।
क्याप्टेन मानन्धरको शवलाई काठमाडाँैं लाने तयारी गरिएको र अन्य शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिने उहाँले जानकारी दिनुभयो पहिचान खुलेका विनिता भट्टचन, उनको साढे दुई महिनाको छोरा र कृष्णलाल भट्टचनको शवलाई मुस्ताङमै आफन्तको जिम्मा लगाइएको छ । बाँकी अन्य शव पनि दुर्घटनास्थलबाट पोखरा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget