फोटो खिँचेर सिंहदरबारमा ल्याउनुस्– केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ असार मसान्तसम्म सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले २०७४ असार मसान्तसम्म नबनाइ नहुने स्थानमा १७६ वटा झोलुङ्गे पुल निर्माण गर्ने बताए।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको शपथ लिँदा नै दुई वर्षभित्र तुइन विस्थापित गर्ने वचन दिएका थिए। “विसं २०७४ साउन १ गते तुइन कहीँ हुने छैन, यदि कहीँ पाए फोटो खिँचेर सिंहदरबारमा ल्याउनुस्, किनकी एउटा पनि तुइन नै रहने छैन”– प्रधानमन्त्री ओलीले भने।

दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उनले भूकम्पपश्चात् प्राधिकरण निर्माण गरेर पुनःनिर्माणको काम सुरु भइसकेको र आगामी फागुन १२, चैत १२ र वैशाख १२ देखि पुनःनिर्माणको महाअभियानका चरण अघि बढ्ने बताए।

अब अघोषित नाकाबन्दी अन्त्य भएकाले ग्यास, पेट्रोलियम पदार्थ सहज हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित र स्वाभिमान झुक्ने खालको काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget