बाह्रौं साग : गुवाहाटीमा बंगाली र नेपाली दर्शकबीच जुहारी


गुवाहाटी– गुवाहाटी शहरको पल्टन बजारमा अवस्थित साइ स्टेडियममा फुटबलहरु चर्को प्रतिस्पर्धामा थिए । खेल शुरु भएको तीन मिनेटमै नेपालका अनन्त तामाङले प्रहार गरेको बलले जाली चुमेसँगै दर्शक दिर्घामा रहेको एउटा टिमबाट चर्को आवाज सुनियो, ‘स्यावास नेपाल टिम, आज बंगलादेशलाई हराउनुपर्छ ।’ थोरै दर्शक क्षमताको साई स्टेडीयममा नेपाली दर्शक मात्रै थिएनन्, बंलादेशका फुटबल समर्थहरु पनि उल्लेख्य संख्यामा थिए । नेपाली समर्थकहरुले बंगलादेश विरुद्ध पटक–पटक हुटिङ गरेपछि बंगाली समर्थकहरु पनि चुप रहन सकेनन् । बंगलादेशबाट सागको रिपोर्टिङ गर्न आएका एक पत्रकार कापी कलम च्यापेर चिच्याए, ‘जितेगा भाई जितेगा, बंगलादेशले जितेगा ।’
नेपालीहरु झन के कम, पोखराको महेन्द्रपुलबाट आफन्त भेटघाटका लागि गुवाहाटी पुगेका ५५ वर्षीय एकादत्त अर्याल कराउन थाले, ‘नेपाल ! नेपाल !! नेपाल !!!’ दर्शको दिर्घाको अर्को कुनाबाट तुरुन्तै उत्तर आयो, ‘बंगलादेश ! बंगलादेश !!’
१२ औं साग अन्तर्गत बिहीबार भएको नेपाल र बंगलादेशको फुटबल भिडन्तको ९० मिनेट नेपाली र बंगाली समर्थहरु जुहारी खेलीरहे । नेपाली खेलाडीले सुनौलो मौका गुमाउँदा बंगाली समर्थकहरु ठुलो स्वरमा ‘बंगलादेश’ भन्दै चिच्याउँथे भने उनीहरुको बोली भुईमा खस्न नपाउँदै लामो समयदेखि गुवाहाटीमा बस्दै आएका नेपालीहरु उफ्रि–उफ्रि कराउँथे, ‘किउँ बगलादेश, नेपाल जितेगा ।’
दर्शक दिर्घा जति चिच्याएपनि नतिजा मैदानबाट आउँछ । बिहीबार खेल शुरु भएको केही मिनेट राम्रो मुभ बनाएको नेपाली टिम अन्तत बंगलादेशलाई २–१ गोलको नतिजा सुम्पदै मैदानबाट बाहिरीएको छ । बाह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत पहिलो दिन भुटासँगको खेलमा सनसनी मच्चाउँदै ५ गोलले जितेको नेपाली टिम बंगलादेशसँगको हार ब्यहोर्दै समुह ‘बि’ को उपविजेता बनेको छ । अब सेमीफाइनलमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । तेस्रो खेल आगामी फेब्रुवरी १३ मा हुनेछ ।

ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget