'नयाँ संविधान कार्यान्वयनमा भारतको अवरोध' 'प्रचण्डले खेाले यस्तेा पेाल


नुवाकोट: एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको नयाँ संविधान कार्यान्वयनमा दोश्रो ठुलो देश छिमेकी भारतले अवरोध सिर्जना गरेको बताएका छन्।

खरानीटारमा रहेको अमरज्योती बहुमुखी क्याम्पसको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा संविधान बन्‍न नदिनका लागि दृश्य-अदृश्य शक्तिले चलखेल गरिरहेका बेला नेपाली जनताको सम्मान, देशको गौरव, सफलता र राष्ट्रियताको लागि संविधान जारी गर्दा नाकाबन्दी गरि एक छिमेकीले अर्को छिमेकीलाई गरेको व्यवहारले नेपाली जनता प्रताडित हुनु परेको बताए।


उनले भने, 'नेपालका दलहरुले कसैको प्रभाव, डर, धम्कीको भरमा नपरी ऐतिहासिक रुपमा संविधानसभावाट संविधान जारी गरेको छ। यसले नेपाली जनताको आत्मसम्मानलाई उचाइमा पुर्याएको छ तर छिमेकी मुलुक भारत भने यही विषयलाई लिएर नेपाल र नेपालीमाथि नाकाबन्दी लगाएर छिमेकीप्रतिको सदभाव बिगारे।'

अध्यक्ष प्रचण्डले मधेश आन्दोलन नेपालको आन्तरिक समस्या भएको भन्‍दै यसलाई यही टुंग्याउनु पर्नेमा भारतमा गएर परामर्श गर्नु मधेशवादीको परनिर्भरता भएको बताए। उनले मधेशवादी माग जायज भएकोले यसको उचित सम्बोधन गर्न दलहरुबीच छलफल भइरहेको बताए।

नेपालमा २०७२ सालमा तीनवटा परिघटना भएको उल्लेख गर्दै उनले पहिलो गत वैशाख १२ गतेको विनासकारी भुकम्प, दोश्रो गत असोज ३ गते नयाँ संविधान र तेश्रो संविधान जारी भएपछिको मधेशवादी दलको विभिन्न संघर्षका कारण नेपालमा संकटको स्थितबाट गुज्रिरहेको उनले बताए।

उनले मुलुकमा भएका समस्याको समाधान र नयाँ संविधानको कार्यान्वयन गर्नु महत्वपुर्ण पक्ष रहको बताउँदै दलहरुले राष्ट्रिय एकता कायम गरेर आर्थिक, सामाजिक, विकास, राजनीतिक तथा शैक्षिक रुपमा उठाउनुपर्नेमा जोड दिए। राष्ट्रिय एकतावाटै राष्ट्रको स्वाधिनता, राष्ट्रिय भावना, राष्ट्रिय गौरवका अगाडि कुनै पनि शक्तिले केही गर्न नसक्ने उनले दाबी गरे।

'नेपालका दलहरुले कसैको प्रभाव, डर, धम्कीको भरमा नपरी ऐतिहासिक रुपमा संविधानसभावाट संविधान जारी गरेको छ। यसले नेपाली जनताको आत्मसम्मानलाई उचाइमा पुर्याएको छ तर छिमेकी मुलुक भारत भने यही विषयलाई लिएर नेपाल र नेपालीमाथि नाकाबन्दी लगाएर छिमेकीप्रतिको सदभाव बिगारे।'
नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको ठहर गर्दै उनले भने, ' नयाँ संविधानले नेपालका आदिवासी/जनजाति, मधेसी,दलित, महिला,अपाङ्ग, अल्पसंख्‍यक, पिछडा वर्ग सबैलाई अधिकार दिएको छ, त्‍यसकारण सबैले एक पटक नयाँ संविधान अध्‍ययन गर्नु उचित हुन्छ।'

उनले अब नेपालमा सबल, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन उत्तरी छिमेकी चीनसँग सहकार्य गरी नेपालमा व्यापार विविधिकरणको बारेमा क्रियाशील हुनु पर्ने बताए।

यस्तै एनेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा प्रदेश नं. ३ का इन्चार्ज ललिामणी पोखरेलले संविधानमा केही त्रुटी भएका कारण यसमा शिक्षा, स्वास्थ्य, विकास, स्वतन्त्रता र राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्ने बताए।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget