धनुषामा गोली चल्यो कांग्रेस नेता यादवको हत्या, अर्का एक घाइते

२३ माघ, काठमाडौं । अज्ञात समूहहले नेपाली कांग्रेसका स्थानिय नेताको गोली प्रहार गरि हत्या गरेका छन् । अज्ञात समूहले धनुषाको बालाबाखर-४ मा नेपाली कांग्रेसका नेताको गोली हानेर हत्या भएको हो ।
शुक्रबार राति जन्ती गएर र्फकंने क्रममा हराएका यादवमाथि अज्ञात समूहले बाटैमा दुई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । यादवको पेट, छाती र घाँटीमा गोली लागेको छ ।गोली लागेर घाइते भएका यादवलाई जनकपुर अस्पताल पुर्‍याइएको थियो ।
तर , चिकित्सकहरुले उनलाई मृत घोषणाा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, धुनुषामा अर्का एक जनामाथि पनि गोली प्रहार भएको छ । केहि बेर अघिनसिम राई माथि समेत गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget