क्लबलाई ‘लोभी’ को संज्ञा दिँदै हजारौं लिभरपुलका समर्थकहरुले शनिबार घरेलु मैदान एनफिल्डमा सन्डरल्याण्डविरुद्धको खेल बहिस्कार गरेका छन् । क्लबले अनावश्यक रुपमा टिकटको मूल्य बढाएर समर्थकमाथि भार थपेको भन्दै क्लबका समर्थकहरुले विरोधज जनाएका हुन् ।
नयाँ मेन स्टाण्डको मूल्य ७७ पाउण्ड राखेको भन्दै क्लबका समर्थकहरुको एक समूहले शनिबारको खेलको ७७ औं मिनेटमा खेल बहिस्कार गर्न आग्रह गरेका थिए । उनीहरुले शुरु क्लबको एन्थम ‘यु विल नेभर वाक आउट एलोन’ गाए र त्यसपछि ‘अब अत्ति भयो’ भन्दै स्टेडियम छाडे ।
समर्थकहरुले स्टेडियम छाड्न अघि लिभरपुलले खेलमा २–० अग्रता बनाएको थियो । तर, समर्थकहरु हिँडेपछि अन्तिम १० मिनेटमा २ गोल खाँदै खेल २–२ को बराबरीमा सक्यो ।
प्रशिक्षक जर्गन क्लब एपेन्डिक्सको अपरेसनका लागि अस्पतालमा रहेका कारण उपस्थित हुन सकेनन् ।
यसअघि क्लबमा कार्यकारी निर्देशक इयान आयरले समर्थकहरुलाई भार पार्न नखोजिएको प्रतिक्रिया दिएका थिए ।
ratopati
Post a Comment