बजारमा आजदेखि पूरा सिलिण्डर ग्यास पठाइने

सहज हुन भने अझै समय लाग्ने लाग्ने
आधा सिलिण्डर ग्यास भर्दै आएका उद्योगीले अाज सोमरबारबाट पूरा सिलिण्डर ग्यास बजारमा ल्याउने भएका छन्।

नेपालको सामान्य अवस्थामा माग हुने ग्यास बुलेट आयात नभएपनि करिब एक महिनादेखि उद्योगीहरुले पूरा सिलिण्डर भर्न माग गर्दै आपूर्ति मन्त्रालय र निगमलाई पत्राचार गरिरहेको थिए। अन्ततः मन्त्रालयले उद्योगीहरुको माग अनुसार पूरा सिलिण्डर ग्यास भर्न आजबाट निर्देशन दिने तयारी गरेको मन्त्रालयले जनाएको छ।मन्त्रालयले उद्योगीले भर्दै आएको आधा सिलिण्डरबाट पूरा अर्थात् १४.२ किलो भर्न निर्देशन दिन आज पत्रकार सम्मेलन समेत राखेको  छ।

यो निर्णय पारित भएसँगै अाजैबाट बजारमा पूरा सिलिण्डर ग्यास पठाइने र उपभोक्ताले करिब ५ महिनापछि भोलिदेखि ग्यास पाउने घिमिरेको तर्क छ।

उद्योगीहरुले भने आयात बढेको भन्दै फागुन ४ गतेबाट नै पूरा सिलिण्डर ग्यास भर्ने तयारी गरेर बसेको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले बताए।

अाजबाट पूरा सिलिण्डर ग्यास बजारमा आएपनि सहज रुपमा उपभोक्ताले पाउन भने अझै केही समय लाग्ने घिमिरेले सेतोपाटीसँग बताए। त्यस्तै बजारमा गइसकेका अाधा सिलिण्डर ग्यास नसकुन्जेल विक्रेताले ती नै ग्यास बेच्ने पनि उनले बताए।

आधा सिलिण्डर ग्यास बजार पठाउँदा ढुवानी लागत महँगिन गएको र सर्वसाधारणले पनि चाँडो चाँडो माग गरेकाले उपभोक्ताको सहजताका लागि आफूहरुले बारम्बार पूरा सिलिण्डर भर्न पाउँ भनी निवेदन दिएकोमा हाल भने नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले अनुमति दिएको घिमिरेले बताए।

नाकाबन्दीका कारण अभाव भएपछि उद्योगीले एउटा सिलिण्डरमा ७ दशमलव १ केजी ग्यास भर्दै आएका थिए। कतिपय उद्योगीले भने सिलिण्डरमा १४ केजी नै भर्न थालिसकेको जनाएका छन्। भारतले लामो समयसम्म गरेको नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै गरी ग्यास आएपनि यो बीचको अन्तर सहज हुन समय लाग्ने घिमिरेको तर्क छ। सामान्य अवस्थामा नेपालमा मासिक ३३ हजार मेट्रिक टन ग्यासको माग भएपनि अहिले अभावले यो माग बढ्ने उनको तर्क छ।

‘भारतले नाकाबन्दी खोलेसँगै अहिले दैनिक मागको ५० प्रतिशत इन्धन आइरहेको छ’, घिमिरेले भने, ‘यो आयातको मात्रा मासिक ५० हजार मेट्रिक टन बनाउन सकिएमा अबको दुई महिनामा उपभोक्ताले सहज रुपमा ग्यास पाउँछन्।’
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget