दिल्लीमै प्रधानमन्त्री ओलीको उद्घोषः ‘हामीले युद्ध जित्यौं’


नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले युद्ध जितेको उद्घोष गरेका छन् । दिल्लीस्थित प्रवासी नेपालीहरुले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रम ओलीले भारततर्फ संकेत गर्दै भने ‘यो सरकारले बिना हतियारको लडाइँ लडेर युद्ध जितेको छ ।’

दिल्लीस्थित बाराखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरभित्र आयोजित कार्यक्रममा चुनावीसभा जस्तै माइकमा चर्को आवाजमा भाषण दिदै उनले भने, ‘यो सरकारले अर्को सरकारलाई झुकाएको छ, नेपाली कहिले झुक्दैन, अरुलाई मात्र झुकाउन जानेका छन्।’

उक्त कार्यक्रममा दिल्लीस्थित रहेका करिब २ हजार भन्दा बढि नेपालीहरुको सहभागिता थियो भने प्रधानमन्त्री केपी ओली आफ्नी धर्मपत्नी राधिका शाक्यसहित आफ्ना प्रतिनिधि टोलि समेत लिएर त्यहाँ पुगेका थिए ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री शक्ति बस्नेत लागयतका सरकारी टोलीसहित ओली त्यहाँ पुग्दा करिब १५ मिनेट जति नारावाजी नै भएको थियो
नेपाली स्विमान जिन्दावाद, वीर गोर्खाली जिन्दावाद, नेपाली कहिले झुक्दैन, लगायतका नारावाजी लगतै ओलीले पनि चर्को अभिव्यक्ति दिएका हुन् ।
ओलीको अभिव्यक्तिपछि ईन्डिया टुडे कि पत्रकार स्मिता शर्माले गुनासो पोख्दै भनिन् ‘यो कुटनैतिक मर्यादा बिपरित कार्य हो, यसरी चुनावी कार्यक्रम जस्तै भारतमै ‘भारतसग युद्ध जितेको’ जस्ता भनाइ नरख्दा राम्रो हुन्थ्यो ।’

यसअघि शुक्रबार प्रधानमन्त्री दिल्ली उत्रेकै दिन रिसेप्सनका लागि तयार पारिएको रातो कार्पेटमा हिँड्दै गर्दा समर्थकहरुले ‘ओली–ओली’को नारा लगाएका थिए।

ओलीले मन्तब्यकै क्रममा नहुनुपर्ने असमझदारीको स्थिति देखापरेको र त्यसैलाई अन्त्य गर्ने प्रयासको रुपमा अहिले भारत भ्रमण गरेको स्पष्ट समेत पारे।
भारत सरकारले देखाएको आत्मीयता, सार्वभौम र स्वतन्त्र राष्ट्रका रुपमा गरेको सम्मानमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपतिले आफ्नै निवासमा आवासको व्यवस्था गरेकोमा धन्यवाद समेत दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित लामो समय एक्लाएक्लै कुरा भएको र धेरै सकारात्मक कुरा भएको उनले जानकारी दिए।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget